पोखरा १५ मा नि:शुल्क दन्त शिविर सुरु पहिलो दिन सय जना बढी लाभान्वित
पाेखरा | साउन १६, २०८२
पोखरा: पोखरा १५ मा बिहीबारदेखि निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन भएको छ । पोखरा कम्युनिटी सेन्टरको आयोजना तथा वडा कार्यालय १५ को समन्वयमा ४ दिने निःशुल्क दन्त परीक्षण शिविर सुरु भएको हो ।
अमेरिकाको क्रिकल्याण्ड कर्नरस्टोन डेन्टल बाट आएका डा. से जिन एनको १५ चिकित्सकीय टोलीले अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण गरेको पोखरा कम्युनिटी सेन्टरका कोअर्डीनेटर प्रकाश पार्कले जानकारी दिए ।
वडाध्यक्ष तोरण बानियाँले शिविरमा अमेरिकाका दन्त विशेषज्ञको टोलीद्वारा विशिष्ट मेसिनबाट दाँतको परीक्षण भइरहेको बताए ।
अघिल्लो वर्षको दन्त शिविरबाट धेरै जनाको सकारात्मक प्रतिक्रिया आएको र यस्तै शिविरको माग वडावासीबाट आएकाले शिविर सञ्चालनका लागि समन्वय गरिएको प्रतिक्रिया दिए ।
उनले मेसिन लगायत औजार झिकाउन भन्सारमा समस्या रहेकोमा वडा कार्यालयको विशेष पहलबाट औजार ल्याउन सकिएको र शिविर पश्चात् यी औजार वडाका कुनै सहयोगी संस्थामा राखेर त्यहाँबाट वडावासीलाई निःशुल्क सेवा दिने बारे कुरा भइरहेको बताए ।
एक महिनादेखि दाँतको दुखाइले राम्रोसँग सुत्न पनि नसकेको बताउने कोल पाटनकी गुमा बानियाँले शिविरमा चिकित्सकले दाँतको उपचार र परीक्षण गरेर औषधी दिएको बताइन् ।
पोखरा लक्ष्मी टोल बस्ने सिता परियारको चिसो र तातो खाँदा दाँत दुखाइको समस्या रहेकोमा शिविरमा चिकित्सकले दाँत सफाइ गरी समस्या देखिएको दाँत निकालेको बताइन् । ’निजी क्लिनिकमा जाँदा ८–९ हजार लाग्छ भनेका थिए, अहिले आफ्नै घर छेउमा निःशुल्क उपचार पाइयो’ खुसी हुँदै उनले भनिन् ।
निःशुल्क ४ दिने शिविरको पहिलो दिनमा नै एक सय बढी बिरामीले लाभ लिएका छन् ।
बिहीबार र शुक्रवारको शिविर वडा कार्यालय अगाडिको भवनबाट सञ्चालन हुनेछ भने बाँकी दुई दिन सानिपाटनस्थित कम्युनिटी सेन्टरको हलबाट शिविर सञ्चालन हुनेछ ।
शिविरलाई वडा सदस्य बलराम पौडेल तथा कार्यपालिका सदस्य मन्दिरा परियार लगायत कम्युनिटी सेन्टरका एक दर्जन युवायुवतीले सहजीकरण गरेका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

