त्रिशूली नदीले सडक कटान गर्दा त्रिदेशिय मार्ग अवरुद्ध

नुवाकोट | साउन २९, २०८२

त्रिशूली नदीले सडक कटान गर्दा त्रिदेशिय मार्ग अवरुद्ध

नुवाकोट:  त्रिशूली नदीले पक्कि सडक कटान गरेपछि त्रिदेशिय सडक मार्ग अवरुद्ध भएको छ । कपितपय स्थानमा वस्ती नै जोखिममा परेका छन् ।


त्रिदेशिय सडक मार्ग अन्तर्गत विदुर–वेत्रावति–किस्पाङ–मैलुङ–रसुवागढी सडकको बीचमा त्रिशूली नदीले पक्कि सडक नै कटान गरेपछि बुधवारदेखि आवतजावत नै ठप्प भएको छ । उक्त सडकमार्गको विदुर–वेत्रावति–किस्पाङको वचिमा त्रिशूली नदीले एकसय मिटर पक्कि सडक नै कटान गरेको छ ।


उक्त स्थानमा सडक कटान भएपछि त्रिदेशीय सडकमार्ग अवरुद्ध हुँदा रसुवा तथा नुवाकोटको किस्पाङ, शान्तिबजार जाने बाटो ठप्प भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । त्रिशूली नदीले कटान गर्दा उक्त स्थान आसपासका वस्ती तथा उत्तरगया गाउँपालिका कार्यालयसमेत प्रभावित हुन पुगेको छ ।


नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, रसुवाका प्रजिअ अर्जुन पौडेललगायका सुरक्षाकर्मीसहित उत्तरगया गापाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा बुधवार बसेको आकस्मिक वैठकले तत्काल सडकको मर्मत तथा पुर्ननिर्माण गरि यातायात सुचारु गर्नुपर्ने र नदीबाट थप कटान हुनवाट रोक्नुपर्ने निर्णय गरेको छ । कटान र जोखिम नियन्त्रण गर्न जाली भरेर तटवन्ध निर्माण गरिने निर्णय भएको छ ।


छिमेकी चीनको तिव्वतस्थित लेन्देखोला हुँदै त्रिशूली नदीमा आएको अकल्पनिय बाढीले गत असार २४ र यहि साउन १४ गते नुवाकोट र रसुवाका विभिन्न स्थानमा क्षति गरेको थियो । उत्तरगया गापा(५ नौबिसेमा बस्तीनै जोखिम परेको छ ।


बेत्रावती पेट्रोल पम्प नजिकै त्रिशूल नदीले कटान गर्दै गरेको ठूलो क्षतिको सम्वन्धमा सरोकारवाला पक्षबीच पुर्ननिर्माण गर्ने निर्णय भएको छ । गल्छी–विदुर–बेत्रावती–मैलुङ सडक खण्डमा कटान हुदा स्थानीय नौबिसे तथा खाल्टे क्षेत्र उच्च जोखिममा परेको स्थानीयवासी दिलकृष्ण श्रेष्ठको भनाई छ ।


यसैवीच, जिल्ला प्रशासन कार्यालय नुवाकोटले भारी मात्रामा बर्षा भइरहेको कारण सचेत हुन सर्वसाधारणमा अपिल जारी रहेको छ ।


जल तथा मौसम पूर्वानुमान विभागले बुधबारदेखि शुक्रबारसम्म तीन दिनसम्मा वर्षाको सम्भावना रहेको जनाएको छ । नुवाकोटको सदरमुकाम विदुरलगायत विभिन्न स्थानमा बुधवार बिहानैदेखि पानी परिरहेको छ ।

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।  भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

थप पढ्नुहोस्