छाङ्गेली नेवा: खल समाजको रक्तदानमा ६२ युनिट संकलन

पाेखरा | साउन ३१, २०८२

छाङ्गेली नेवा: खल समाजको रक्तदानमा ६२ युनिट संकलन

पोखरा:   छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता सराङ्गकोट सहकारी तथा रेडियो सराङ्गकोटका अध्यक्ष कृष्ण थापा र सैनिक आवासिय महाविद्यालयका शिक्षिका भवानी जोशी कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गर्नुभएको थियो । पहिलो रक्तदाता कृष्ण थापा नियमित रक्तदाता हुनुहुन्छ । उहाँले शनिबार आफ्नो जन्मदिनको अवसरमा ८२ पटक रक्तदान गर्नुभएको हो ।


समाजका कार्यबाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा व्यवसायका लागि पोखरा बसाइसराई गरि आएकाहरुको साझा संस्था छाङ्गेली नेवा खलले विभिन्न साँस्कृतिक गतिविधीका साथ सामाजिक कार्य रक्तदान गरेकोमा खुसी प्रकट गनुभयो । उहाँले संसारको जुनसुकै कुनामा पुगे पनि समाजको आवश्यकता रहने कुरामा जोड दिंदै समाज जहिले पनि मानव कल्याणका लागि समर्पित रहनुपर्ने बताउनुभयो ।


रेडियो सराङ्गकोट तथा सराङ्गकोट सहकारीका अध्यक्ष नियमित रक्तदाता कृष्ण थापाले आफुले प्रत्यक ३ महिनामा रक्तदान गर्ने गरेको बताउदै पितृ उद्दारका लागि भन्दै समाजले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गर्नुभयो । प्रदेश रक्त संचार केन्द्र पोखराका प्रमुख अर्जुन  ज्ञवालीले अस्पतालमा उपचारर्त रगतको आवश्यकता पर्ने मानिसलाई रगतको बदलामा रगतकै आवश्यक पर्ने भएकाले यसको महत्व अन्य दान भन्दा माथी रहेकाले रक्तदान जीवनदान भनिएको प्रष्ट्याउनु भयो ।


कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका उपाध्यक्ष श्याम मल्ल, महासचिब गोकर्ण अधिकारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष जसपाल पाख्रिन तामाङ, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, समाचार प्रमुख आरजु विष्ट, समाजका सचिब जयराम कायस्थ लगायतले बोलेका थिए ।

पोखरा:  ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्...

थप पढ्नुहोस्

काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन  भोलि मंगलबारसम्मका लागि लम्बिएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल  जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि...

थप पढ्नुहोस्

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको का...

थप पढ्नुहोस्