आवश्यकताअनुसार विभिन्न जिल्लामा मल पठाउन थालियो

पर्सा | साउन २६, २०७९

आवश्यकताअनुसार विभिन्न जिल्लामा मल पठाउन थालियो


पर्सा ।  कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो ।  
    
    

दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिनुभयो ।

  

 “बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ”, उहाँले भन्नुभयो । उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा ल्याइँदै छ । कार्यालयले मधेस प्रदेशसहित काठमाडौँ, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ । विभिन्न जिल्लामा रहेको कृषि सामग्री कम्पनीको कार्यालयमार्फत किसानलाई मल विवरण गरिने छ । 

     

रासायनिक मल  वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) नाका हुँदै नेपाल ल्याइएको हो । सरकारले ग्लोबल बोलपत्रमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले पाएको थियो । ओमानबाट नेपालका लागि आयात गरिएको मल पानीजहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकाता बन्दरगाह हुँदै त्यहाँबाट रेलमा वीरगञ्ज ढुवानी हुँदै आएको छ ।

    

सबै मल आएपछि मधेस प्रदेशका लागि ३२ दशमलव ०२ प्रतिशत अर्थात् ०६४५ दशमलव चार मेट्रिक टन प्राप्त गर्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्र चौलागाँइले जानकारी दिनुभयो ।  ओमानबाट अहिले खरिद गरी आयात भइरहेको ३० हजार मेट्रिक टन युरियामध्ये मधेस प्रदेशमा आठ हजार पाँच सय मेट्रिक टन वितरण गरिने छ । पर्साका लागि भने आठ सय ५० मेट्रिक टन (१७ हजार बोरा) र बाराका लागि एक हजार मेट्रिक टन (२० हजार बोरा) युरिया वितरण गरिने छ । 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्