एलपी ग्याँस विक्रेता संघ कास्कीको वार्षिक साधारण सभा सम्पन्न
पाेखरा | भदौ २१, २०८२
पोखरा: दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्याँसको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् ।
एलपी ग्याँस वित्र्रmेता संघ कास्कीको २१ औँ वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न साधारणसभामा बोल्ने बक्ताहरुले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाँउसम्म एलपी ग्याँसको अपत दैनिक रुपमा घट्दो क्रममा रहेका कारण व्यवसायी समस्यामा रहेको समेत बताएका छन् ।
नेपालमा एलपी ग्याँसको कारोबार वि।सं।२०२८ सालदेखि भएपनि घट्दो जनघनत्व र विद्युतीय उपकरणको कारण प्रयोग गरेको दावी व्यवसायीले गरेका हुन् ।कास्कीक् जिल्लामा हाल १८ वटा कम्पनीको ग्याँस आपूर्ति हुने गरेको एलपी ग्याँस विक्रेता संघ कास्कीका सचिव हरिकृष्ण अधिकारीले बताए ।
साधारण सभाको उद्घाटन ग्याँस वित्र्रmेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले गरेका थिए । उनले व्यवसायीहरु आर्थिक रुपमा स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिए ।
उनले विक्रेता संघहरुमा सदस्यहरुसंग पैशा उठाउने तर त्यसको हिसाव सार्वजनकी नगर्ने अवस्था रहेको बताउदै आर्थिक रुपमा भष्ट्रीकरण बढेको बताए ।
हामी राजनीतिक दलका नेताहरुलाई भष्टाचार गरे भनेर गाली गछौँ तर व्यवसायीहरु पनि भष्टिकरण हुदै गएको आभाष भएको छ उनले भने । उनले ग्याँस विक्रेता व्यवसायीहरु वीचको एकतालाई बलियो बनाउदै सर्वशुलभ रुपमा उपभोक्तासम्म ग्याँस पु¥याउनुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले नेपाल सरकारले बनाएको नीति नियममा रहेर ग्याँस व्यवसायीले व्यापार गर्नुपर्नेमा जोड दिए ।
ग्याँस डिपो संचालन मापदण्ड अनुसार गर्नुृपर्नेमा जोड दिदै उनले ग्याँस कम्पनिले तोकेको अधिकतम मुल्यमा व्यवसाय गर्दा समस्या भएको बताए । उनले अधिकतम मुल्य पसलबाट ग्राहकले आफै लैजाने हो तर घरघरमा पु¥याए वापत थप सेवा शुल्क लगाउने व्यवस्थाका लागि नेपाल सरकार र आयल निगमसंग समन्वय गरेर जानुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उद्योग तर्फबा उपाध्यक्ष बलराम आचार्य, ग्याँस विक्रेता महासंघका उपाध्यक्ष नारायणप्रसाद पौडेल, एलपी ग्याँस विक्रेता संघका केन्द्रीय कोषाध्यक्ष रविन कार्की, गृहलक्ष्मी ग्याँस कम्पनीका प्रवन्धक भीमराज लामिछाने, शक्ति ग्याँस कम्पनिका प्रवन्धक मेघराज पौडेल, याँस विक्रेता महासंघ कास्कीका संस्थापक अध्यक्ष बालकृष्ण कोइराला, संघ कास्कीका उपाध्यक्ष शिवकुमार श्रेष्ठ, लगायतले बोलेका थिए ।
साधारण्सभाले सचिव हरिकृष्ण अधिकारीको प्रतिवेदन र कोषााध्यक्ष सुरजमान गुरुङको आर्थिक प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको छ । साधारण सभा एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्क्ष नारायणदत्त दाहालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सुविना दाहालले गरेकी थिइन् ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

