सहारा खेलकुद पत्रकारिता पुरस्कार केशव पाठकलाई, नेहा गुरुङलाई सहारा उत्कृष्ट सदस्य सम्मान

पाेखरा | भदौ २१, २०८२

सहारा खेलकुद पत्रकारिता पुरस्कार केशव पाठकलाई, नेहा गुरुङलाई सहारा उत्कृष्ट सदस्य सम्मान

पोखरा:  सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । 


क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । 


फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।


प्रतिभा छनोट समितिमा क्लबका सल्लाहकार एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एम.बि. आस्था, क्लब अध्यक्ष केशवराज बराल, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र महासचिव रामजीप्रसाद अधिकारी सदस्य रहनुभएको थियो । 


पर्वत जिल्ला स्थायी घर भई हाल पोखरा ८ निवासी पत्रकार पाठक तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील हुनुहुन्छ । 


नेपाल पत्रकार महासंघ कास्कीका सदस्य उहाँ पोखरा स्पोर्टस् डटकमका सम्पादक हुनुहुन्छ । उहाँ प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष, गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष हुनुुहुन्छ । 


साथै, उहाँ युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबाट वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, प्रेस चौतारी पत्रकार सम्मान, नेपाल हवाई खेलकुद संघबाट उत्कृष्ट खेलकुद पत्रकार लगायत विभिन्न संघसंस्थाबाट सम्मानित भइसक्नुभएको छ ।  


यसैगरी, क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गर्ने निर्णय गरेको छ । पोखरा–१७ निवासी गुरुङ जुनियर सदस्यका रुपमा १० वर्षअघि क्लबमा प्रवेश गर्नुभएको थियो । उहाँ क्लबमा रही हरेक गतिविधिमा क्रियाशील रहँदै आउनुभएको छ । हाल उहाँ सिनियर सदस्य हुनुहुन्छ ।

 
संस्थाको २७ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशन अवसरमा यही भदौ ३० गते पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा हुने समारोहमा पुरस्कार तथा सम्मान अर्पण गरिनेछ । 


 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्