ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु, फरार चालकको खोजीकार्य तिव्र
स्याङ्जा | साउन २६, २०७९
स्याङ्जा । स्याङजाको चापाकोट नगरपालिका–८ मिटुवा खोलास्थित चापाकोट–दामाचौर सडक खण्डमा ट्याक्टरले ठक्कर दिदाँ पैदल यात्रीको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालय पोखराको अनुसार मृत्यु हुनेमा सोही स्थानकै ४५ वर्षिय लोक बहादुर कुँवर रहेका छन् ।
ठक्करबाट घाइते भएका कुँवरको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार फरार रहेका ट्याक्टर चालकको खोजी कार्य तिव्र पारिएको छ ।
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...
नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

