गण्डकीको मुख्यमन्त्री कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास

पाेखरा | भदौ २३, २०८२

गण्डकीको मुख्यमन्त्री कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमा जेन जी प्रदर्शनकारीले तोडफोडसहित आगजनीको प्रयास गरेका छन् ।

 

मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच भएको मुठभेडले स्थिति तनावपूर्ण बनेको छ ।


पोखरा सभागृह चोकमा भएको प्रदर्शनपछि गएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका हुन् । 


आगजनीको प्रयासपछि प्रहरीले बल प्रयोग गरी आन्दोलनकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको छ । प्रदर्शनकारी तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको थियो ।

काठमाडौं:  काठमाडौंमा भएको जेनजी आन्दोलनमा ठुलो मानवीय क्षति भएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये नौ जनाको मृत्यु भएको छ।    ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको छ।  स्वास्थ्य तथा...

थप पढ्नुहोस्

काठमाडौं:   जेन–जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा ५ जनाले ज्यान गुमाएका छन् । संसद् भवन नयाँबानेश्वर परिसरमा पस्न खोज्दा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जनाको ज्यान गएको हो ...

थप पढ्नुहोस्