गण्डकीको मुख्यमन्त्री कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास
पाेखरा | भदौ २३, २०८२
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमा जेन जी प्रदर्शनकारीले तोडफोडसहित आगजनीको प्रयास गरेका छन् ।
मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच भएको मुठभेडले स्थिति तनावपूर्ण बनेको छ ।
पोखरा सभागृह चोकमा भएको प्रदर्शनपछि गएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका हुन् ।
आगजनीको प्रयासपछि प्रहरीले बल प्रयोग गरी आन्दोलनकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको छ । प्रदर्शनकारी तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

