जेनजी प्रदर्शन: मृत्यु हुनेको संख्या १३ पुग्यो
काठमाडाैं | भदौ २३, २०८२

काठमाडौं: जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।
काठमाडौं: जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्...
काठमाडौं: काठमाडौंमा भएको जेनजी आन्दोलनमा ठुलो मानवीय क्षति भएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये नौ जनाको मृत्यु भएको छ। ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न...
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको छ। स्वास्थ्य तथा...