कास्कीमा लागुऔषधसहित विभिन्न स्थानबाट ८ जना प्रकाउ

पाेखरा | साउन २६, २०७९

कास्कीमा लागुऔषधसहित विभिन्न स्थानबाट ८ जना प्रकाउ

 


कास्की ।  जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट लागुऔषधसहित ८ जनालाई प्रक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यलयबाट खटिएका प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न ३ स्थानबाट ८ जनालाई लागू औषध सहित प्रकाउ गरेको हो ।


प्रकाउ पर्नेमा कास्की अन्नपूर्ण गाँउपालिका वडा नं. ९ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बि.पी मार्ग बस्ने २१ वर्षीय प्रमिस गुरुङ, म्याग्दी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ३ नदीपुर बस्ने २८ वर्षीय दिपक पुन, सोही स्थान बस्ने २५ वर्षीय प्रदिप फगामी, पर्वत घर भई हाल पोखरा महानगरपालिका १८ अधेरीकना बस्ने ३० वर्षीय लबिन पुन रहेका छन् ।

 

यसैगरि पोखरा आउने क्रममा लुम्बिनी साांस्कृतिक नगरपालिका २ बस्ने २० वर्षीय द्वारिका लोध रुपन्देही कै  मायादेवी गाँउपालिका ६ बनगाई बस्ने १७ वर्षिय किशोर, पोखरा महानगरपालिका११ रानिपौवा बस्ने २७ वर्षीय सन्दिप गुरुङ र पोखरा  ११ काँहुडाँडा बस्ने २७ वर्षीय विश्व कार्की रहेका छन् ।

 

पक्राउ परेका उनीहरुलाई  जिल्ला अदालतबाट लागुऔषध कसुरमा  मुद्धा दर्ता गरि थप अनुसन्धान प्रकिया अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ  ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्