अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह

काठमाडाैं | भदौ २५, २०८२

अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह

काठमाडौं:  नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ ।


जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्ता हतियारको दुरुपयोग हुनसक्ने र जनधनको क्षति हुने सम्भावना औँल्याउँदै तुरुन्त बुझाउन अनुरोध गरेको हो ।


सेनाले हातहतियार वा गोलीगठ्ठा फेला परेका व्यक्तिले सुरक्षाकर्मीलाई जानकारी दिनुका साथै सम्बन्धितलाई बुझाउन प्रेरित गर्न आग्रह गरेको छ । साथै, सुरक्षाकर्मीको पोशाकको अनधिकृत प्रयोग नगर्न पनि अनुरोध गरेको छ ।


हातहतियार वा गोलीगठ्ठा नबुझाई कसैसँग फेला परे प्रचलित कानुनअनुसार कारबाही हुने सेनाद्वारा विज्ञप्तिमा उल्लेख छ ।

 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्