त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कात्तिक ११ देखि
काठमाडाैं | भदौ २६, २०८२

काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।
मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले लामो बिदा दिने सूचना सार्वजनिक गरेको हो।
विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीले सूचना सार्वजनिक गर्दै लामो समय बिदा दिइएको जानकारी गराएका हुन्।
यो बीचमा दशैं, तिहार र छठको बिदा परेको छ। सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिएर विश्वविद्यालयले कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाएको हो।
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पु...