सेनाले समात्यो सिंहदरबार जलाउने ग्याङ, लुटिएका सामान पनि बरामद
काठमाडाैं | भदौ २७, २०८२
काठमाडौं: २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी गर्नेलाई पक्राउ गर्न थालेको हो ।
प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको गोली, दुईवटा म्यागेजिन, हतकडीसहित सप्तरीका २३ वर्षीय जावेद अख्तर पक्राउ परेका छन् । उनी तीनकुनै चौकीसहित सिंहदरबारको आगजनीमा समेत सहभागी व्यक्ति हुन् ।
पक्राउ पर्नेमा लहान नगरपालिकाका विसान शाह, लहानकै सुरज यादव, प्रदीप यादव, निरज सिहं, जनकपुरका दीपक मण्डल, निरज यादव, सिरहका सन्तोष मण्डल छन् । उनीहरूको साथबाट लुटिएका सामानसमेत बरामद गरिएको छ ।
सेना र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेर प्रहरी चौकी तीनकुनेको जिम्मा लगाए पनि चौकीको संरचना जलेर ध्वस्त भएकाले कहाँ राख्ने भन्ने विषय टुंगिएको छैन ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

