जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, क्षतिको विवरण संकलन गरिँदै

काठमाडाैं | भदौ २७, २०८२

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, क्षतिको विवरण संकलन गरिँदै

काठमाडौं:  भदौ २३ र २४ गते दुई दिन भएको जेन-जी आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेको छ । 


आन्दोलनका क्रममा ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । आन्दोलनका क्रममा भएको अन्य क्षतिको विवरण भने संकलन गर्ने कार्य भइरहेको प्रवक्ता प्रवक्ता डीआईजी विनोद घिमिरेले  बताए ।


अहिलेसम्म ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ,’ उनले भने, ‘थप क्षतिको विवरण संकलन गरिदैंछ ।’ 


प्रदर्शनका क्रममा एक जना भारतीय महिला, ९ जना कैदीको मृत्यु भएको छ । यस्तै, बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदर्शनका क्रममा घाइते भएका १७७१ जनाको विभिन्न ६० अस्पतालमा उपचार भएको छ ।


जसमध्ये १३७९ जना उपचारपछि डिस्चार्ज गरिएको थियो भने २८४ जनालाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्