सुनचाँदीको मूल्य बढ्यो
काठमाडाैं | भदौ ३०, २०८२
काठमाडौं: सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघमा अनुसार सुनको मूल्य सोमबार १०० रुपैयाँले बढेको छ ।
आइतबार २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मुख्य समेत बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।
आइतबार २ हजार ५७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको छ ।
काभ्रपेलाञ्चोक: सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । ...
मुस्ताङ: मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता ...
काठमाडौं: आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेन(जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । ...

