जेनजी आन्दोलन: असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं | भदौ ३०, २०८२

जेनजी आन्दोलन: असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं:   मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने भएको हो । 


मन्त्रिपरिषद् विस्तारपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय गरेको छ।  आन्दोलनमा साहदत प्राप्त गर्नेलाई सहिद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने  निर्णय सरकारले गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। 


उहाँका अनुसार सरकारले आन्दोलनमा परिवारको सदस्य गुमाउनेलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत पाँच लाख रकम दिने भएको छ। घाइतेको निःशुल्क उपचार गर्ने र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णयसमेत सरकारले गरेको छ। 


सरकारले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको सम्बन्धमा अनुसन्धान गर्न जाँचबुझ  आयोग गठन गर्ने भएको छ। सरकारले आयोगको प्रतिवेदनको आधारमा थप काम गर्ने गृहमन्त्री अर्यालको भनाइ छ। 


भदौ २३ र २४ भएको आन्दोलनमा साहदत प्राप्त गर्नेको नाममा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय भएको गृहमन्त्री अर्यालले बताउनुभयो।  

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्