दुबईमा अलपत्र परेका रानाभाटको वडाध्यक्ष थापाले गरे उद्धार
पाेखरा | भदौ ३१, २०८२
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक वडावासी युवाको उद्धार गरेका छन्।
वैदेशिक रोजगारीका लागि २ वर्षअघि दुबई पुगेका अमृत रानाभाट भिसाको म्याद थपिएपछि अलपत्र परेका थिए। भिसाको म्याद सकिएपछि उनी काम गर्ने कम्पनीले तलब नदिएर कामबाट निकालिदिएको थियो।
आफ्नो वडाको युवा अलपत्र परेको र घर फर्कने पैसासमेत नभएको जानकारी पाएपछि त्यहाँ पुगेका अध्यक्ष थापाले रानाभाटको खोजी थालेका थिए। रानाभाटलाई भेटेपछि अध्यक्ष थापाले नेपाल फर्काउन कानूनी र खर्चको व्यवस्था गरेका थिए।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

