वाङचु तामाङलाई नेपाल खुला स्नूकर प्रतियोगिताको उपाधि
पाेखरा | असोज ३, २०८२
पोखरा: काठमाडौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् ।
खेलकुदको शहर पोखरामा आज (मंगलबार) सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाडौंका फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएका हुन् ।
वेष्ट अफ इलाभेन आधारमा भएको फाइनल खेलमा जित हासिल गर्दै तामाङले नगद २ लाख २ हजार २ सय २ रुपैया साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता भएका शेर्पाले भने ८० हजार प्राप्त गरे । प्रतियोगितामा तामाङ र शेर्पाले समान ८१ ब्रेक गरी हाइएस्ट ब्रेकरको उपाधि बाडे । उनीहरुले नगद १०÷१० हजार पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, कास्की बिलियार्ड स्नूकर तथा पुल संघका संस्थापक अध्यक्ष वसन्त गौचन, संघका बरिष्ठ उपाध्यक्ष राजु गुरुङ, उपाध्यक्ष खलि थापा, संघका महासचिव सविन जिसी, कोषाध्यक्ष धिर बहादुर लामा, खेलाडी होम नेपाली, प्रतियोगिताका संयोजक सोम बि.क. लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा भदौं १७ गते देखि सुरु भएको थियो ।
पोखरा महानगरको प्रबद्र्धनमा संचालन भएको प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडीको सहभागि भएको प्रा.लि.का संचालक प्रताप गुरुङले बताए । देशको विसम परिस्थिमा पनि उक्त प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने प्रति उनले धन्यवाद समेत व्यक्त गरे ।
पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा भएको उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रबद्र्धनमा टेवा पुगेकोे संयोजक बि.क.ले बताए । जेनजी आन्दोलनका कारण प्रतियोगिता केही दिन स्थगित हुँदा भदौं २८ गते सकिने प्रतियोगिता ३ दिन लम्बिदै भदौं ३१ गते समापन भएको हो ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

