अरिंगालले टोकाइबाट मृत्यु
बैतडी | असोज ५, २०८२
बैतडी: बैतडीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ।
शिवनाथ गाउँपालिका-५ बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिंगालको टोकाइबाट मृत्यु भएको हो।
गएको भदौ २२ गते अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका दयाललाई उपचारका लागि भदौ २३ गते सेती प्रादेशिक अस्पताल लगिएको थियो।
अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई परिवारका सदस्यले घर लगेका थिए। उनको शनिबार मृत्यु भएको हो।
पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...
लमजुङ: लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...
काभ्रपेलाञ्चोक: सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । ...

