युनाइटेड क्लब पोखराद्वारा पोखरा १० र १२ नम्बर वडालाई कम्प्युटर र प्रिन्टर प्रदान
पाेखरा | असोज ८, २०८२

पोखरा: युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका वडा नं १० र १२ लाई सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते आगलागीबाट वडा कार्यालयहरु पूर्ण रुपमा क्षति भइ जनताको काममा समेत अफ्ठ्यारो सिर्जना भएपछि युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष अन्तर्गत पोखरा महानगरपालिका वडा नं १० र १२ लाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।
युनाइटेड क्लबले नेपालीहरुको महान पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरि स्थापना गरिएको विपद व्यवस्थापन कोष अन्तर्गत विपदका घटनाहरुमा सहयोग गर्दै आइहरकोे छ ।
जस अनुरुप मंगलबार पोखरा महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ लगायतका जनप्रतिनिधिहिरुलाई युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितिय उपाध्यक्ष तथा विपद ब्यवस्थापन समिति संयोजक सूर्य बहादुर बानिँया, कोषाध्यक्ष जयराम आचार्य, सचिव सन्तोष कार्की, कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ लगायतको टोलीले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।
सो अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले सामाजिक काममा अग्रणी युनाइटेड क्लबले जेन्जी पुस्ताको आन्दोलनमा क्षती भएर वडाको काममा समस्या परिरहेको सन्दर्भमा युनाइटेड क्लबले कम्प्युटर र प्रिन्टर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।
त्यसैगरी उक्त टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा पोखरा महानगरपालिका वडा नं १२ मा गठित वडास्तरीय पुननिर्माण मूल समितिका संयोजक टिका बहादुर कार्की, वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोला लगायतको टोलीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।
सो अवसरमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा महानगरको मुख्य कार्यालय संगै बजार क्षेत्रका अधिकांश वडाहरु पूर्ण रुपमा क्षती भएको अवस्थामा हरेक वडाहरुले जस्तै वडा नं १२ ले समेत स्थानियको सहभागीतामा सहयोग संकलन गरी वडाको पुन निर्माणमा लागेकोमा स्थानीयहरुप्रति आभार प्रकट गरे ।
महानगरले विभिन्न दातृ निकायहरुबाट सहयोग लिएर बिकासको काम अगाडी बढाइरहेको स्मरण गराउदै मेयर आचार्यले स्थानियहरुले पहिलो सेवा लिने कार्यालय आफ्नो वडा कार्यालय भएकाले त्यसको मर्मतका लागि स्थानियको मुख्य भुमिका रहने बताए । सहयोग गर्ने सम्पूर्ण संघ संस्थाहरुलाई समेत मेयर आचार्यले धन्यवाद ब्यक्त गर्दै जेन्जीको नाममा भएको भौतिक संरचनामा क्षती पु¥याउने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने बताए ।
त्यस्तै वडास्तरीय पुननिर्माण मूल समितिका संयोजक टिका बहादुर कार्कीले गत २४ गते वडामा भएको क्षतीले आफुहरु निकै मर्माहित बनेको बताउदै आफ्नो वडा आफैले बनाउनुपर्छ भनेर वडा भित्रका संघ संस्था र सहयोगी मनहरुबाट हाल सम्म १० लाख नगद र जिन्सी सामाग्री कम्प्युटर र प्रिन्टर सहयोग प्राप्त भएको बताए । वडाको कामलाई सुचारु गर्नका लागि हालको रकमले पर्याप्त हुने या नहुने अहिलेनै यकिन नभएकाले भोलीका दिनमा अझैपनि सहयोग आवश्यक पर्न सक्ने बताउदै अफ्ठ्यारो परिस्थितीमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।
सो अवसरमा बोल्दै युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र तिहारको बेलामा देउसी भैलो कार्यक्रमको आयोजना गरि स्थापना गरको विपद ब्यवस्थापन कोष मार्फत विभिन्न विपदका घटनाहरुमा सहयोग गर्दै आइरहेको सन्दर्भमा जेन्जी आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको वडाहरु पोखरा १० र १२ मा आवश्यक रहेको कम्प्युटर र प्रिन्टर सहयोग गरेको बताए ।
त्यस्तै विपद ब्यवस्थापन समिति संयोजक तथा क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँले विगतका वर्षहरुमा युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत सहयोग गर्दै आइरहेको र यसपटक गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगलागीबाट पूर्ण रुपमा क्षती पुगेकोे पोखरा महानगरका विभिन्न वडा तथा सरकारी कार्यालयहरुमा आवश्यक सामाग्री प्रदान गरिएको बताए ।
ढोरपाटन: दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् । जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाह...
काठमाडौं: गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्र...
तनहुँ: मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र स...