नेपाल १ रनले विजयी

काठमाडाैं | असोज २६, २०८२

नेपाल १ रनले विजयी

काठमाडौं:  नेपालले आज आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएई) लाई अत्यन्त रोमाञ्चक खेलमा १ रनले हराएको छ।


यो सँगै नेपालले महत्वपूर्ण २ अंक जोड्यो। नेपालले सुपर सिक्समा ४ अंक बनाएको छ। नेपालको जितमा आसिफको अर्धशतक अनि दीपेन्द्र सिंह ऐरीको सानदार बलिङ जितलो प्रमुख कारण बन्यो।


जितको लागि १ सय ४१ रनको चुनौती पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो।


नेपालले बलिङमा राम्रो सुरुवात गर्यो। पहिलो ओभरमा ललित राजवंशीले मेडन ओभर बलिङ गरे। दोस्रो ओभरमा सोमपाल कामीले मुहम्मद वासिमलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए। वासिम १ रनमा आउट भए।


चौथो ओभरको युएईले समाप्तिमा १ विकेट गुमाएर १४ रन बनाएको थियो। पाँचौं ओभरको दोस्रो बलमा नन्दन यादवको बलमा अलिसन सराफुको ब्याटमा कनेक्ट हुन नसकेको बलमा दीपेन्द्र र कप्तान रोहित पौडेलले क्याच छुटाए।


त्यसपछि सराफुले सोही ओभरमा छक्का र चौका प्रहार गरे। उनी क्रिजमा जमे।पाँचौं ओभरमा ११ रन र छैटौं ओभरमा १५ रन जोडेर युएईले पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा ४० रन जोड्यो।


सराफुले ३४ बलमा नन्दनलाई छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनले अर्धशतक बनाउने क्रममा ३ चौका र ५ छक्का प्रहार गरे। सराफु र जोनाथन फिगीले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरे। १९ रनमा ओपनर जोनाथन दीपेन्द्रको बलमा आउट भए।


त्यसपछि दीपेन्द्रले नै सराफुको महत्वपूर्ण विकेट लिए। उनी १४ औं ओभरको पहिलो बलमा बोल्ड आउट भए। ४० बलमा ५८ रन जोडेर पबिलियन फर्किए। लगतै हर्षित कौशिक २ रनमा गुलशन झाको बलमा नन्दनद्वारा क्याच आउट भए। त्यतिखेर युएईले ४ विकेटको नोक्सानीमा ९१ रन बनाएको थियो।


१६ औं ओभर रोमाञ्चक बन्यो। यो ओभरमा नेपालले २ विकेट झार्यो। ७ रन बनाएका राहुल चोपरालाई दीपेन्द्रले उत्कृष्ट शैलीमा रन आउट गरे। लगत्तै अर्को बलमा बसिल हमिद सन्दीप लामिछानेको बलमा क्लिन बोल्ड आउट भए। १५।३ ओभरमा युएईले ६ विकेट गुमाउदा युएईको ९६ रन थियो।


युएईलाई यतिखेर जितको लागि २६ बलबाट ४५ रन जरूरी थियो। जहाँ १७ औं ओभरमा युएई १५ रन जोड्न सफल रह्यो। नन्दनको १९ औं ओभरमा युएईले १२ रन जोड्दा नेपाल दबाबमा आयो। तर अन्तिम ओभर अत्यन्त रोमाञ्चक बन्यो।


अन्तिम ६ बलमा युएईलाई जितका लागि १० रनको आवश्यकता थियो। अन्तिम ओभरमा दीपेन्द्र बलिङमा आए। तेस्रो बलमा परासरले छक्का प्रहार गरे। बाँकी ३ बलमा ३ रन जरुरी थियो। जुन संभव हुन सकेन ।


चौथो बलमा परासर ३२ रन बनाएर सन्दीप जोराद्वारा क्याच आउट भए। पाँचौ बलमा हैदरलाई जोराले रन आउट गराए। अन्तिम बलमा जाहिद अली १ रन लिएर अर्को रन लिने क्रममा रन आउट भएको छ। यो सँगै नेपालले १ रनको जित हात पारेको छ।


बलिङमा दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए। सन्दीप, गुलशन र सोमपाल समान विकेट लिंदा युएईका ३ खेलाडी रन आउट भए।


त्यसअघि ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा कप्तान रोहितले टस जितेर ब्याटिङको निर्णय गरे। नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन रन बनायो।


ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो पावर प्लेमा ४५ रन जोडे। नेपालले राम्रो सुरुवात गर्यो। पहिलो विकेटको लागि ५६ रनको साझेदारीपछि कुशल आउट भए। २६ बलमस २ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर हर्षित कौशिकको बलमा एलबिडब्लु धरापमा परे।


त्यसपछि रोहित क्रिजमा छिरे। आसिफसँग मिलेर ३९ रनको साझेदारी गरेपछि रोहित २० रनमा आउट भए। उनी मोहम्मद रोहिदको बलमा मोहम्मद फारूकको बलमा क्याच आउट भए।


त्यसपछि ४५ बलमा आसिफले अर्धशतक बनाए। ४७ बलको सामना गर्दै ४ चौका र १ छक्का सहित ५१ रन जोडेर आउट भए। उनी धुव्र परासरको बलमा बोल्ड आउट भए। यतिखेर नेपालले १६ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ३ रन बनाएको थियो।


त्यसपछि बाँकी ४ ओभरमा नेपालले ३७ रन जोड्यो। दीपेन्द्र मात्र १ ,गुलशन १४ र कुशल‌ मल्ल १० रनमा आउट भए। गुलशनले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे। सन्दीप जोर ४ र सोमपाल ६ रनमा नटआउट रहे।


बलिङमा जुनेद सिद्दिकी, मोहम्मद रोसिद, जाहिद अलि, हैदर अलि, हरिश कौशिक र धुव्र परासरले समान विकेट लिए।


सुपर सिक्समा नेपाल र ओमानको समान ४ अंक भएको छ। युएई र कतारको २ अंक छ। अब नेपालले भोलि कतारसँग खेल्नेछ।


आज भएको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले हराउँदै महत्वपूर्ण २ अंक जोडेको छ। ओमानले २० ओभरमा ६ बिकेट गुमाउँदै १ सय ७२ रन जोड्यो।


जवाफमा १ सय ७३ रनको लक्ष्य पछ्याएको कतार २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३८ रनमा समेटियो।

अर्को समाचार

ढोरपाटन:   बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ ला...

थप पढ्नुहोस्

झापा:   झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...

थप पढ्नुहोस्