बिटी क्लबको अध्यक्षमा ‘असिम’

कास्की | साउन २८, २०७९

बिटी क्लबको अध्यक्षमा ‘असिम’

पोखरा:   पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको बुद्ध टोल युवा क्लबाको अध्यक्षमा असिम थापा चयन भएका छन् । 

 

आज (शनिबार) सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि अमिस थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् ।  

 

थापा नेतृत्व समितिको उपाध्यक्षमा सन्तोष गुरुङ, सचिवमा रेशम सापकोटा, सह–सचिवमा विकास केसी र कोषाध्यक्षमा दिपक कार्की सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिए ।

 

उनका अनुसार समितिको सदस्यहरुमा कैलास गुरुङ, अनुप पुन, अर्जुन परियार, बिनोद गुरुङ, निकेश गुरुङ, संगम दर्जी, कुमार गुरुङ, राज गुरुङ, अनिता गुरुङ र एनि गुरुङ चुनिएकी छिन् ।

 

त्यसैगरि समितिको सल्लाहकारमा प्रदीप राई, राधा गुरुङ, मुक्ति सागर गुरुङ र बिनिता गुरुङलाई चयन भएका छन् ।

 

सामाजिक क्रियाकलाप तथा खेलकुदमा विशेष सक्रिय रहदैं आएको सो क्लबले स्वर्गीय विरेन गुरुङको स्मृतिमा प्रत्येक वर्ष पोखराकै सर्वाधिक राशीको ‘सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता’ आयोजना गर्दै आएको छ ।

 

सो क्लबले कोरोना महामारीको समयमा केयौं विपन्न परिवारलाई राहात स्वरुप  खाद्यान्नका समाग्री तथा स्वास्थ्य समाग्रीहरु प्रदान समेत गरेको थियो । 

 

यसअघि क्लबको अध्यक्षका रुपमा विजया गुरुङले नेतृत्व गर्दै आएकी थिइन् । 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्