फुटबल खेलाडीद्वारा एन्फामा धर्ना

काठमाडाैं | कात्तिक २०, २०८२

फुटबल खेलाडीद्वारा एन्फामा धर्ना

काठमाडौं:  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन वर्षदेखि शहिद स्मारक ‘ए’ डिभिलन लिग नगरेपछि खेलबिहीन बनेका फुटबल खेलाडीले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिएका छन् । 


राष्ट्रिय टोलीका खेलाडीहरुले एन्फा मुख्यालयमा पुगेर धर्नासहित आन्दालन गरेका हुन् । खेलाडीहरुले एन्फाले यसवर्ष पनि ‘ए’ डिभिजन लिग गर्छु भनेर छलछाम गरेको बताएका छन् । खेलाडीहरुले विरोध स्वरुफ आफुले विभिन्न समयमा पाएको मेडल समेत एन्फा गेटमा झुन्ड्याएका थिए । 


एन्फाले हालै मात्र यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र शहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवेका आधारमा गर्ने निर्णय गरेको थियो । खेलाडीले भने पहिले लिग सकेर मात्र राष्ट्रिय लिग गर्नुपर्ने माग राखेका छन् । 


एन्फाले तत्काल यसमा ध्यान नदिए कडा आन्दोलन गर्ने पनि जनाएका छन् । फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले खेलाीहरुले दुई वर्षअघि देखि पटक पटक लिग गर्न एन्फालाई विज्ञप्ती र छलफलमार्फत आग्रह गर्दे आएपनि नसुनेको बताउनुभयो । लिग नहुँदा खेलाडी वेरोजगार भएको र विभिन्न देशमा पलायन हुनु परेको पनि लामाले बताउनुभयो । 


खेलाडीको आन्दोलनपछि एन्फा मुख्यालय सातदोवाटोमा बिहानैदेखि सुरक्षा ब्यवस्था कडा पारिएको छ । खेलाडीले एन्फाका पदाधिकारीलाई भेड्न चाहेपछि प्रहरीले एन्फा भित्र पस्न दिएको थिएन ।


एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचि किरण राईलगायत पदाधिकारी काठमाडौँ बाहिर रहेको भन्दै प्रवक्ता सुरेश शाहले खेलाडीलाई थामपुर पार्ने प्रयत्न गर्नुभएको थियो । खेलाडीको धर्ना र आन्दोलनलाई पूर्व खेलाडी, प्रशिक्षक, जेनजी युवालगायतले साथ दिएका छन् ।


एन्फाले पछिल्लो पटक २०७९ सालमा ‘ए’ डिभिलन लिग गरेको थियो । एन्फाको आन्तरिक राजनीतिका कारण ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग नियमित हुन सकेको छैन । 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्