सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालनमा आउने

काठमाडाैं | कात्तिक २१, २०८२

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालनमा आउने तस्बिर फाइल

काठमाडौं:  आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेन(जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । 

 
सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरूको नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

 
‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरूको २०८२ मङ्सिर १ गते उप्रान्त पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,’ अदालतको सूचनामा भनिएको छ, ‘अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पुर्‍याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

 
बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदन पत्र, दोहोर्‍याई पाउँ भन्ने निवेदन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो । 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर स्वदेश फर्किनुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमा...

थप पढ्नुहोस्

म्याग्दी:  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल । झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृ...

थप पढ्नुहोस्

काठमाडौं:  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन वर्षदेखि शहिद स्मारक ‘ए’ डिभिलन लिग नगरेपछि खेलबिहीन बनेका फुटबल खेलाडीले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिएका छन् ।  राष्ट्रिय टोली...

थप पढ्नुहोस्