एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्ने
काठमाडाैं | कात्तिक २४, २०८२
काठमाडौं: नेपाल प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको एनपीएलको खेल तालिका अनुसार पहिलो दिन एक खेल मात्र हुनेछ। सो खेल साँझ ४ बजे सुरु हुनेछ।
दोस्रो दिन दुई खेल हुनेछ। एनपीएलको दोस्रो दिन चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्। सो खेल दिउँसो पौने १२ बजे सुरु हुनेछ।
सोही दिन विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। सो खेल साँझ ४ बजे सुरु हुनेछ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

