एन प्याब्सनको खेलकुद प्रतियोगिता मंसिर तेस्रो साता
पाेखरा | कात्तिक २७, २०८२
पोखरा: नेसनल प्याब्सन, कास्कीको आयोजनामा मंसिरको तेस्रो सातामा दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ हुने भएको छ ।
बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २२ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ ।
बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने छ ।
त्यसैगरी खेलकुद तर्फ छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता रहेको छ । क्रिकेट तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने फुटसल तर्फ कक्षा ११ र १२ का विद्यार्थीले मात्र सभागिता जनाउने छन् ।
महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए । उपसमिति अन्तर्गत सामूहिक लोकनृत्य प्रतियोगिताको संयोजकमा शिवराज पौडल तथा सदस्यहरुमा पितृराज अधिकारी र विक्रम सुवेदी रहेका छन् । एकल गायन प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरुका हेम रानाभाट, रुद्रप्रसाद अधिकारी साथै सल्लाहकारमा तिलक प्रसाद अधिकारी रहेका छन् ।
त्यसैगरी चित्रकला प्रतियोगिताको संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यहरुमा मित्र राई र सुरेशराज पाण्डे रहेका छन् । कविता वाचन प्रतियोगिताको संयोजकमा हरिराज अधिकारी तथा सदस्यहरुमा विक्रम सुवेदी र भुवन पौडेल रहेका छन् । अभिनय प्रतियोगिताको संयोजकमा विक्रम सुवदी तथा सदस्यहरुमा दिपु भारी र अशोक शर्मा रहेका छन् ।
विज्ञान तथा प्रविधि प्रतियोगिताको संयोजकमा तोलाकान्त न्यौपाने तथा सदस्यहरुमा अजय थापा र शालिग्राम पराजुली रहेका छन् । हस्तकला प्रतियोगिताको संयोजकमा रमेशराज पौडेल तथा सदस्यहरुका गगन गुरुङ र सोमनाथ पौडेल रहेका छन् । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजकमा हेम रानाभाट तथा सदस्यहरुमा हरि धमला र मित्र राई रहेका छन् ।
त्यसैगरी खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा तथा सदस्यहरुमा हिमाल गुरुङ र देवराज कार्की रहेका छन् । फुटसल प्रतियोगिताको संयोजकमा अर्जुन प्रसाद पाण्डे तथा सदस्यहरुमा ज्ञानेन्द्र बहादुर थापा, हिमाल थापा र सल्लाहकारमा केशवशरण पौडेल रहेका छन् ।
महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले अवलोकन गर्न सक्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । ‘यो महोत्सव विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्तफुटन मात्र नभई सिकाईको थलो पनि हुने हामीले विश्वास लिएका छौ’ उनले भने, ‘यो महत्वपूर्ण अवसरलाई सदुपयोग गर्नका लागि महोत्सव अवलोकन गर्न सम्पूर्ण कास्कीका विद्यार्थी तथा अभिभावकलाई निमन्त्रणा गर्दछौ।’
महोत्सवलाई सफल बनाउनका लागि तयारी शुरु गरिसकेको एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए । उनका अनुसार एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्नका लागि तयारीलाई तिव्र पारेका छन् । प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

