एन्टिबायोटिक दुरुपयोगको अवस्था भयावह बन्दै

पाेखरा | मंसिर ३, २०८२

एन्टिबायोटिक दुरुपयोगको अवस्था भयावह बन्दै

पोखरा:   पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । 


सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वितरण, पशुपालन र कृषिमा समेत यसको बढ्दो प्रयोगकका कारण समस्या उत्पन्न हुदै गएको छलफलमा सहभागीहरुले बताएका छन ।


पशु सेवा विभागको आयोजना, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला पोखराको संयोजन र खाद्य तथा कृषि संगठन एफ ए नेपालको सहयोगमा आयोजित ‘मानवीय व्यवहारसँग जोडिएको जैविक प्रतिरोध’ विषयक संवादमा सहभागीहरुले एन्टिबायोटिकको अनियन्त्रित प्रयोगका कारण गम्भीर स्वास्थ्य संकटतर्फ धकेलिँदै गएको बताएका हुन ।


पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा किरण पाण्डेका अनुसार नेपालमा एन्टिबायोटिक दुरुपयोगको अवस्था भयावह बन्दै गएको बताए । पाण्डेका अनुसार डब्लुएचओले सार्वजनिक गरेको सूचीमा नेपाल जोखिममा परेका सय भन्दा धेरै मुलुकमध्ये ५२ औं स्थानमा रहेको छ । विश्व स्वास्थ्य संगठनले गरेको पछिल्लो अध्ययन अनुसार सन् २०५० सम्म एन्टिमाइक्रोबियल रेजिस्टन्स एमएमआर का कारण प्रत्येक दुई सेकण्डमा १ जनाको मृत्यु हुने देखाएको छ ।


सो अवसरमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका डा. रमेश केसीले एन्टिबायोटिक दुरुपयोग नेपालका लागि गम्भीर संकट बन्दै गएको बताए । एन्टिबायोटिक दुरुपयोगका कारण १५ प्रतिशत बिरामीमा औषधीले काम नै नगरेको देखिएको र यसको नियन्त्रण नगरेको खण्डमा स्वास्थ्य खर्च बढ्ने र अकालमा मृत्यु हुनेको दर बढ्ने डा. केसीको भनाइ रहेको थियो ।


फार्मेसीबाट बिना नियन्त्रण बिक्री, स्थानीय सरकारले पाउने अधिकारमा औषधि व्यवस्था विभागको उदासीनता र जनचेतनाको कमी यस समस्याको मूल कारण बनेको बताउदै केसीले एन्टिबायोटिक नियमन स्थानीय तहमै सशक्त बनाउनुपर्ने बताए । 


पशु स्वास्थ्य विज्ञ डा. ग्रीष्म न्यौपानेले पशु उपचारमा गलत रूपमा एन्टिबायोटिक प्रयोग हुनुले मानव स्वास्थ्यसम्म असर परेको बताउदै आवश्यक नपर्ने अवस्थामा समेत पशुमा एन्टिबायोटिक प्रयोग भइरहेको बताइ । किसानमा पर्याप्त जानकारी नहुँदा पशुमा खोपको दुरुपयोग भइरहेकाले यसबारेमा सचेतना फैल्याउन आवश्इक रहेको उनको भनाइ रहेको थियो ।


मानवशास्त्री अर्जुन पोखरेलले नेपालको कृषि, स्वास्थ्य र जनजीवनमा एन्टिबायोटिकको दुष्प्रभाव गहिरिँदै गएको  बताउदै माटो, मल, रासायनिक विषादी र मानवनिर्मित प्रवृत्तिले वातावरणमै एन्टिबायोटिक अवशेष फैलिने गरेको बताए । विद्यालय स्तरको पाठ्यक्रममा एन्टिबायोटिक शिक्षा अनिवार्य गर्नुपर्ने उनको भनाइ रहेको थियो ।


उपभोक्ता मन्च कास्कीको तर्फबाट अधिवक्ता मीना रानाभाटले एन्टिबायोटिक प्रतिरोधले उपभोक्ता अधिकारमै धक्का पु¥याइरहेको बताइन् । उपभोक्तालाई कृषि, पशुपालन र मानव स्वास्थ्यका जोखिमबारे सहज पहँचमै सूचना दिइनुपर्ने र स्थानिय तह सम्म सूचना प्रवाह नगरेसम्म समस्या बढ्ने उनको भनाइ थियो । प्रेस काउन्सिल नेपालका सदस्य पत्रकार केशव शरण लामिछानेले एन्टिबायोटिकबारे गलत धारणा, झुट्टा प्रचार र भ्रमपूर्ण सूचना चिर्न मिडियाको जिम्मेवारी बढेको बताए । संवादको सहजीकरण पत्रकार सञ्जयकुमार मल्लले गरेका थिए ।

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्