बागलुङ नगरपालिद्वारा पाँच प्रकारका सेवा गाउँमै
काठमाडाैं | साउन २९, २०७९
 तस्बिर नारायण रिजाल
                                
                                तस्बिर नारायण रिजाल
                                
                            
बागलुङ: बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचयपत्र, वित्तीय साक्षरता र माटो परीक्षण सेवा लिएर बागलुङ नगरपालिका गाउँमा पुगेको हो । सम्झौता बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भएसँगै वडामै पुगेर आम नागरिकलाई सेवा दिने उद्देश्यले वडा तहमै सेवा प्रवाह घुम्ती शिविर सञ्चालन गर्न थालेको छ । नगरपालिकाले शनिबार रायडाँडा घुम्ती सेवा शिविर सञ्चालन सुरु गरेको छ ।
आगामी भदौ २४ गतेभित्र नगरभित्रका १० वडामा घुम्ती शिविर सम्पन्न हुनेछ । विषेशगरी सदरमुकामभन्दा बाहिर ग्रामीण क्षेत्रमा रहेका वडाहरूका उपभोक्ता र आम नागरिकको समस्यालाई मध्यनजर गरी आइतबारदेखि घुम्ती शिविरको आयोजना गरिएको नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा वडामा सञ्चालन हुने योजना सम्झौता गर्ने भएको छ । आम उपभोक्ताको सहजताका लागि नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको उहाँको भनाइ छ । नगरपालिकाले विषेशगरी ग्रामीण क्षेत्रमा रहेका वडा नं ५, देखि वडा नं १४ सम्मका आम उपभोक्तालाई लक्षित गरी घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ ।
शिविरमा योजना सम्झौतका साथमा स्वास्थ्य सेवा शिविर, माटो परीक्षण, अपाङ्गता परिचयपत्र वितरण अनुशिक्षण तथा सचेतना कार्यक्रम वित्तीय साक्षरता, बालमैत्री नगरपालिका पूर्वाधार कृषक सचेतना तथा प्राविधिक सल्लाहलगायतका कार्यक्रम पनि गाउँमै पुगेर दिन थालिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
“भूगोलको हिसाबले नगर क्षेत्रभित्र केही टाढा रहेका वडासमेत छन्, उनीहरु नगरमा योजना सम्झौता तथा अन्य सेवा लिनका लागि असहज भएको हामीले महसुस गरेका थियौँ”, उहाँले भन्नुभयो, “अब नागरिक नगरपालिकामा होइन, नगरपालिका नागरिककामा पुग्नुपर्छ भन्ने हाम्रो अभियान हो ।”
आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमअनुरुप सबै योजना कार्यान्वयन गर्नका लागि शिविरले ठूलो भूमिका पु¥याउने विश्वास लिएको भन्दै नगर उपप्रमुख राज खड्काले ८० प्रतिशत योजना वडामै सम्झौता गर्ने जनाउनुभयो ।
आम उपभोक्ताको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविरमाफर्त योजना सम्झौतालगायतका काम अगाडि बढाइएको छ । शिविरमा सेवा प्रदान गर्नका लागि नेपाली सेनालागायतका विभिन्न कार्यालय र सङ्घसंस्थाले सहयोग गरेका छन् । शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । आगामी मङ्सिर मसान्तभित्र सबै योजना सम्झौता गरी काम अगाडि बढाउने गरी नगरपालिकाले योजना बनाएको छ । शिविरमा योजना सम्झौतापश्चात उपभोक्ता समितिको खाता पनि त्यही खोल्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
वडाभित्रका टोल अर्थात् साविकको वडामा टोल समिति बनाएर सोही टोल समितिमार्फत योजनाका काम अगाडि बढाइने सापकोटाले बताउनुभयो । टोल विकास समितिले रु पाँच लाखसम्मको योजनाको काम गर्न पाउनेछन् । काम सम्पन्न भएर सबै वडा तहमै अनुगमन भएपश्चता नगरपालिकाले भुक्तानी दिने छ ।
नगरपालिकाले यस वर्षदेखि रु १० लाखसम्मको योजना वडा तहबाटै अनुगमन गर्न मिल्ने बनाएको नगर उपप्रमुख खड्काले जानकारी दिनुभयो । प्रत्येक वडामा प्राविधिक खटाएर रु १० लाखसम्मका योजना वडाध्यक्ष र वडासचिवसहितको टोलीले अनुगमन गरी सिफारिस गरेको आधारमा नगरपालिकाले भुक्तानी दिने उहाँको भनाइ छ ।
यस्तै नगरपालिकाले महिलाको नेतृत्व गरेको उपभोक्ता समिति वा टोला विकास संस्थामार्फत योजनाको कार्यान्वय गर्दा १० प्रतिशत मात्र लागत सहभागिता गराउने भएको छ भने पुरुषले नेतृत्व गरेको समितिमा १५ प्रतिशत नै लागत सहभागिता गराउने भएको छ । त्यस्तै उपभोक्ता समिति र टोल विकास संस्थाले आफूले जिम्मा लिएको काम ठेक्का लगाउन नहुने आफैँले गर्नुपर्ने बनाएको छ ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            