रिचमण्ड फेलोशिपमा नेपाल प्रहरीको कानूनी प्रशिक्षण

पाेखरा | साउन २९, २०७९

रिचमण्ड फेलोशिपमा नेपाल प्रहरीको कानूनी प्रशिक्षण

पाेखरा: लागुऔषधलगायतको कूलतमा फँसेकाहरुलाई पुनःस्थापना र उपचारमा कार्यरत रिचमण्ड फेलोशिपले आज प्रशिक्षणको आयोजना गरेको छ । 
 

 

फेलोशिपमा नयाँ जीवन पाउन प्रयासरत करिब ५ दर्जन सदस्यलाई वडा प्रहरी कार्यालय रामबजारका वरिष्ठ नायब निरीक्षक प्रेम जिटीले विभिन्न कानूनी पक्षबारे जानकारी दिए । 
 

 

प्रशिक्षणकादौरान जिटीले कतिपय अवस्थामा लागुऔषधसम्बन्धित प्रावधानबारे थाहा नहुँदा कतिपय अनाहकमा फँस्ने गरेको उल्लेख गरे । एकदिने प्रशिक्षणकाक्रममा उनले लागुऔषधको प्रयोग, भण्डारण, बेचबिखनबाट आउन सक्ने कानूनी झमेला, कारवाहीबारे सचेत गराए । 

 

सोहीक्रममा उनले भने, ‘तपाई कुलतमा फँस्दा तपाईको परिवार र सिंगौ समाजनै बदनाम हुन्छ, कुलत छाड्नुहोस्, जीवन सुन्दर छ ।’ रिचमण्डले गरेको सुधारका कार्यक्रमबाट प्रहरीसमेत उत्साहित भएको भन्दै उनले आगामी दिनमा स्वस्थ समाज निर्माणमा प्रहरी सदैव हातेमालो गर्न तयार रहेको जिटीले बताए । 

 

प्रशिक्षण समापनमा फेलोशिपका परामर्शदाता प्रदीप बस्नेतले हालसम्म ८ सय बढीलाई उपचारपछि घर फर्काएको जानकारी दिए ।

 

‘कूलतमा कोही पनि नफसुन्’ परामर्शदाता बस्नेत भन्छन् ‘फँसिहाले पनि अभिभावकले तुरुन्त हामीसँग सम्पर्क गराउनुहोस्, हामी नयाँ जीवन दिन तल्लीन छौं ।’ 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्