रिचमण्ड फेलोशिपमा नेपाल प्रहरीको कानूनी प्रशिक्षण
पाेखरा | साउन २९, २०७९
पाेखरा: लागुऔषधलगायतको कूलतमा फँसेकाहरुलाई पुनःस्थापना र उपचारमा कार्यरत रिचमण्ड फेलोशिपले आज प्रशिक्षणको आयोजना गरेको छ ।
फेलोशिपमा नयाँ जीवन पाउन प्रयासरत करिब ५ दर्जन सदस्यलाई वडा प्रहरी कार्यालय रामबजारका वरिष्ठ नायब निरीक्षक प्रेम जिटीले विभिन्न कानूनी पक्षबारे जानकारी दिए ।
प्रशिक्षणकादौरान जिटीले कतिपय अवस्थामा लागुऔषधसम्बन्धित प्रावधानबारे थाहा नहुँदा कतिपय अनाहकमा फँस्ने गरेको उल्लेख गरे । एकदिने प्रशिक्षणकाक्रममा उनले लागुऔषधको प्रयोग, भण्डारण, बेचबिखनबाट आउन सक्ने कानूनी झमेला, कारवाहीबारे सचेत गराए ।
सोहीक्रममा उनले भने, ‘तपाई कुलतमा फँस्दा तपाईको परिवार र सिंगौ समाजनै बदनाम हुन्छ, कुलत छाड्नुहोस्, जीवन सुन्दर छ ।’ रिचमण्डले गरेको सुधारका कार्यक्रमबाट प्रहरीसमेत उत्साहित भएको भन्दै उनले आगामी दिनमा स्वस्थ समाज निर्माणमा प्रहरी सदैव हातेमालो गर्न तयार रहेको जिटीले बताए ।
प्रशिक्षण समापनमा फेलोशिपका परामर्शदाता प्रदीप बस्नेतले हालसम्म ८ सय बढीलाई उपचारपछि घर फर्काएको जानकारी दिए ।
‘कूलतमा कोही पनि नफसुन्’ परामर्शदाता बस्नेत भन्छन् ‘फँसिहाले पनि अभिभावकले तुरुन्त हामीसँग सम्पर्क गराउनुहोस्, हामी नयाँ जीवन दिन तल्लीन छौं ।’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

