वेगनास सिंचाई प्रणाली शाखा नं २ को साधारणसभा तथा अधिवेशन सम्पन्न
पाेखरा | मंसिर १३, २०८२
पोखरा: वेगनास सिंचाइ प्रणाली शाखा नं २ ले आफ्नो वार्षिक साधारण सभा तथा अधिवेशन बिहिबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
साधारणसभामा भैरहेको सिंचाईको अवस्था लगायतका विषयमा छलफलसँगै शाखाको नयाँ नेतृत्व चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवम् बेगनास सिंचाई प्रणाली मूल उपभोक्ता समितिका उपाध्यक्ष राजु खत्रीले शाखाले आफ्नो कार्यक्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुुभयो । फोहोर व्यवस्थापन, पानीको उचित उपयोग र सिंचाई प्रणालीलाई प्रविधिमैत्री ढंगले अगाडि बढाउन उहाँले सुझाव दिनुभयो ।
शाखाका अध्यक्ष एवम् कार्यक्रमका सभापति विष्णुवहादुर बस्नेतले सिंचाई प्रणाली कृषि विकासको मेरुदण्ड भएको बताउँदै कृषकहरूलाई बाढी, पहिरो, भूक्षय तथा माटो कटान जस्ता जोखिम व्यवस्थापनमा सक्रिय हुन आग्रह गर्नुभया्े ।
कृषि वालीको संरक्षण र उत्पादन वृद्धिका लागि सिंचाईलाई व्यवस्थित बनाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।
संस्थाका कोषाध्यक्ष शिवबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सचिव विश्वराज लामिछानेले आगामी योजना र कार्यक्रमबारे जानकारी गराउँदै सिंचाई सुविधालाई विस्तार गर्दै स्थानीय जलस्रोतको संरक्षण र कृषक प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शाखाका पूर्व अध्यक्ष घनश्याम खनाल, सल्लाहकार गणेशबहादुर खत्री, लेखनाथ उद्योग बाणिज्य संघका सल्लाहकार सदस्य भरत थापा, समाजसेवी खेमराज अधिकारी, किसान परियार र शरणकुमार प्रधान लगायतले कृषि आधुनिकीकरणको आधार स्तम्भ नै सिंचाई भएको बताउनुभयो । नयाँ नेतृत्वलाई बहुउद्देश्यीय योजनाका साथ अगाडि बढ्न सुझाव दिँदै उहाँहरूले कृषकको हितलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
अधिवेशनले शिवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज लामिछाने, सचिवमा मोहनबहादुर थापा र कोषाध्यक्ष कृतिराज खनाल रहनुभएको छ । त्यस्तै सदस्यहरूमा राजु खत्री, बलराम केसी, रामबहादुर खत्री, सम्मरबहादुर खत्री, पद्ममा बास्तोला, लालमाया थापा र झलक थापा निर्विरोध रूपमा निर्वाचित बन्नुभएको छ । निर्वाचन मण्डलको संयोजकमा संस्थाका सल्लाहकार गणेशबहादुर खत्री रहनुभएको थियो ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

