एडुब्रिज कन्सल्टेन्सीको आठौं शाखा विरौटामा

नेपाली विद्यार्थीसँगै अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपालमा ल्याउन पनि सहजिकरण गर्ने

पाेखरा | मंसिर १४, २०८२

एडुब्रिज कन्सल्टेन्सीको आठौं शाखा विरौटामा

पोखरा:   एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा विस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे । 

 

शाखाको उद्घाटनपछि बोल्दै एडुब्रिज कन्सल्टेन्सीका निर्देशक योगेश क्षेत्रीले नेपाली विद्यार्थीसँगै विदेशी विद्यार्थीहरुलाई पनि नेपालको विभिन्न क्षेत्रमा अध्ययनका लागि ल्याउन सहजिकरण गर्दै आएको बताए । 


‘एडुब्रिज कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरुलाई वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदैं आएका छौं, क्षेत्रीले भने, ‘हामीले अहिले पर्यटनको राजधानी पोखरामा शाखा विस्तार गरिसकेका छौं, यस कन्सल्टेन्सीले अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा अध्ययन लागि पनि हामीले परामर्श दिर्दै आएका छौं ।’


उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई नेपालमा मेडिकल,पर्यटन र बुद्धिजम लगायतका क्षेत्रमा अध्ययनका लागि सहजिकरण गर्नेे बताए । 


एडुब्रिज कन्सल्टेन्सी गण्डकी प्रदेश पोखरा शाखाका निर्देशक किसान सुनारले कन्सल्टेन्सीले विभिन्न देशका अस्टेलिया, युके, जापान, युरोप र युएईको विभिन्न युनिभसिटीको प्रतिनिधि संस्थाको रुपमा यस कार्यालयले सहजिकरण बताए । 


शैक्षिक पृष्ठभूमि, रुचि र करियरको आकाक्षाका आधारमा उपयुक्त शैक्षिक संस्था छनोट गर्न सहयोग पु¥याउने उनले बताए । 


एडुब्रिज कन्सल्टेन्सीले अस्टेलिया, युके, जापान र युरोपमा उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थीसँगै अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई नेपालको विभिन्न क्षेत्रमा अध्यापनमा ल्याउन सजकिरण गर्ने छ । 


एडुब्रिज कन्सल्टेन्सीले पोखरा शाखा विस्तारको उद्घाटनसँगै नेपाली विद्यार्थीहरुलाई वैदेशिक उच्च शिक्षाका लागि परामर्श समेत दिइएको थियो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्