पोखरा पहिलोपटक राष्ट्रिय स्नुकर प्रतियोगिता हुने

पाेखरा | साउन २९, २०७९

पोखरा पहिलोपटक राष्ट्रिय स्नुकर  प्रतियोगिता हुने

पोखरामा पहिलो पटक राष्ट्रिय स्तरको खुल्ला स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ ।

 

डेभिज स्नुकर क्लबले आगामी भदौ १२ देखि १९ गतेसम्म सञ्चालन गर्ने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

आयोजकका अनुसार प्रतियोगितामा विजेता तथा उपविजेताले नगद १ लाख ५१ हजार १ सय ११ र ७१ हजार १ सय ११ र ट्रफी शिल्ड पाउनेछन् । खेलको सेमिफाइनल पुग्ने दुुई जनाले नगद १५ हजार ट्रफी सहित शिल्ड प्राप्त गर्नेछन् भने, सर्वाधिक ब्रेकरले २१ हजार १ सय ११ ट्रफी, शिल्ड पाउनेछन् ।

 

प्रतियोगिताको अवसरमा कास्की जिल्ला तथा विभिन्न क्षेत्रमा रहि स्नुकर खेललाई स्थापित गराउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिनेछ । गण्डकी प्रदेशको सर्वाधिक पुुरस्कार राशीको यस प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा सहयोग पुर्‍याउने आयोजकले लक्ष्य लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्