भूमिहीनलाई जग्गाको मालिक बनाउनु पर्नेमा जोड

पाेखरा | मंसिर २१, २०८२

भूमिहीनलाई जग्गाको मालिक बनाउनु पर्नेमा जोड

पोखरा:   पोखरा महानगरपालिका वडा नं. १७ स्थित नमुना टोलसुधार समितिको २० र्औ बार्षिक साधारण सभामा भूमिहीन सुकुम्वासीको अधिकार पहिचान र जग्गाको मालिक बनाउन पर्ने आवश्यकता माथि जोड दिइएको छ । 


दशकौदेखि बसोवास गर्दै आएका स्थानीयलाई जग्गाको स्वामित्व प्रदान गर्न तिनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्नेमा वक्ताहरुले सामुहिक धारणा राखेका थिए ।


गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले साधारण सभाको उद्घाटन गर्दै मुलुकका पुस्तौदेखि जग्गा विहिन परिवार अभैm कानूनीरुपमा असुरक्षित भएकोले उनीहरुको जिवनस्तर उकास्न स्वामित्व अधिकार अनिवार्य भएको बताउनुभयो ।


मुलुकमा अस्गिर सरकारको कारण भुमिहिनलाई लालपुर्जा वितरण र अव्यवस्थित वसोवासिलाई व्यवस्थित गर्ने अभियानले सार्थकता पाउन नसकेको भन्दै एमाले केन्द्रीय सदस्य समेत रहनु भएका उहाँले मुलुकको समग्र समस्या समाधान गर्न एकल वहुमतको सरकारको खाँचो औल्याउनुभयो । 


पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले यस क्षेत्रका भूमिहिन सुकुम्वासी वस्तिमा आवश्यक भौतिक पूर्वाधारमा वडाले जोड दिदै आएको बताउँदै जग्गाधनी वनाउन तिनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।


दीर्घकालीन वसोवासका आधारमा जग्गा प्रदान गर्दा सामाजिक सुरक्षादेखि आधारभूत सेवा सुविधासम्म पहुँच सुनिश्चित हुने विश्वास व्यक्त गर्दै उहाँले स्थानीय सरकार र संघीय सरकारले सहकार्य गरि दिगो समस्याको समाधानमा लाग्नुको विकल्प नभएको बताउनुभयो ।


नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य रुद्र खत्रीले भूमिहिन सुकुमवासीहरु अधिकांश विभिन्न क्षेत्रका श्रमिक भएको उल्लेख गर्दै सामाजिक सुरक्षाकोषमा आवद्ध हुनु पर्ने वताउनुभयो ।
नेकपा एमाले कास्की जिल्ला सदस्य सुभाष ढुङ्गानाले वर्तमान सरकारले भूमी आयोग खारेज गरेपनि न्यायालयले पुन स्थापना गरेको बताउँदै भूमी हिनलाई लालपुर्जा वितरणमा ढिलाई गर्न नहुने बताउनुभयो ।


रानीवनको छेउको १३ रोपनी सार्वजनिक जग्गामा दुई दशक अधि ६२ घर परिवार वस्दै आएको टोलका सल्लाहकार दानवहादुर शाहीले जानकारी दिनुभयो । सो क्षेत्रमा खानेपानी, विद्युत, सडकको राम्रो सुविधा रहेपनि जग्गाको लालपुर्जाको अभावमा खड्कीएको उहाँको भनाई छ ।


नमुना टोलसुधार समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेतिको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, एमाले वडा अध्यक्ष एवम् जनप्रतिनिधि विक्रम गुरुङ लगायतले बोल्नु भएको कार्यक्रममा उपाध्यक्ष लोक वहादुर सेन ठकुरीले स्वागत र सचिव भेल वहादुर गुरुङले सञ्चालन गर्नु भएको थियो ।
 
 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्