महाधिवेशन प्रतिनिधिलाई एमालेले बासको व्यवस्था गर्ने

काठमाडाैं | मंसिर २२, २०८२

महाधिवेशन प्रतिनिधिलाई एमालेले बासको व्यवस्था गर्ने तस्बिर फाइल

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भए पनि बासको प्रबन्ध गरेको जनाएको छ । 


कमिटीका सचिव आरसि लामिछानेले टाढाबाट आउने प्रतिनिधिलाई बस्न र खानाका समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको बताउनुभयो । 


“यसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन । तर हामीले प्रतिनिधिलाई काठमाडौंमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ” उहाँले भन्नुभयो, “अहिले हामीले प्रदेशगत रूपमा काठमाडौँमा बस्न समस्या हुने प्रतिनिधिको विवरण सङ्कलन गरिरहेका छौँ ।”


महाधिवेशनमा करिव दुई हजार २०० प्रतिनिधि सहभागी हुनेछन् । यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि तीन हजार र दुई हजार मात्र तोकेको छ । 


महाधिवेशनका आयोजक प्रतिनिधिलाई तीन हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिलाई दुई हजार रुपियाँ शुल्क तोकेको हो । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्