माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
बाग्लुङ | मंसिर २२, २०८२
सांकेतिक तस्वीर
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णको लागि मरामगाउँमा ढुङ्गा निकाल्दा अचानक ढुङ्गा खस्दा सहचालक पुन मगरको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाका अनुसार घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा लगेको छ।
काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...
काठमाडौं: ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

