आइटिएफ जे-३० वर्ल्ड टेनिस टुर पोखरा: सिभालीलाई दोहोरो उपाधि, रचिन दोहोरो इतिहास
काठमाडाैं | मंसिर २७, २०८२
पोखरा: पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा समेत सिभालीले दोहोरो उपाधि जितेकी थिइन् । १४ वर्षको उमेरमा नै गर्ल्स सिंगल्स र डबल्समा जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै आफूले ७५ अंक समेत बटुल्न सफल भएकी छन् ।
जनवरीमा आयोजना हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको समेत तयारीमा रहेकी सिभालीले शनिबार सम्पन्न फाइनलमा ताइपेइकी के–ची सुलाई सोझो सेटमा पराजित गरी उपाधि हात पारिन । पहिलो सेट ६–२ ले जित्दै ताइपेइकी खेलाडीलाई दबाबमा राख्न सफल उनले दोस्रो सेटमा आफ्नो दबदवा कायम गर्दै ६–१ ले जितिन् ।
यस्तै गर्ल्स डबल्समा नेपालकी शिभाली गुरूङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका थिए ।
यस्तै ब्वाइज सिंगल्समा ताइपेइका नं १ सिडिङ खेलाडी टिङ हो याङले जितेका छन् । १–१ सेटको बराबरीमा रहेको फाइनल खेलमा कोरियाली खेलाडी युल हो जुङ रिटायर्ड हर्ट हुँदै कोर्टबाट बाहिरिएका थिए । खेलमा पहिलो सेट युल होले ४–६ ले जिेतका थिए भने दोस्रो सेट ६–४ ले टिङ होले आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेट चलिरहँदा युल हो रिटायर्ड हर्ट हुदै मैदान छोडेका थिए ।
यता ब्वाइज डबल्समा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६९४० ले पराजित गर्दै उपाधि जितेका थिए ।
दुई साता सम्म लगातार सञ्चालन भएको प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई नेपाल टेनिसका उपाध्यक्ष बिनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राज कुमार गुरूङ ९राजु०, नेपाल टेनिसका सचिव अजय विष्ट, कास्की टेनिसका प्रथम उपाध्यक्ष नविन चालिसे, द्वितिय उपाध्यक्ष नविन श्रेष्ठ, कोषाध्यक्ष विष्णु बहादुर थापा, नेपाल नं १ टेनिस खेलाडी प्रदिप खड्का, आइटिएफ रेफ्रि प्रविन कुमार नायकले मेडल वितरण गरेका थिए ।
दुई साता सम्म सञ्चालन भएको आठौं संस्करणको आइटिएफ जे३० वर्ल्ड टेनिस टुर प्रतियोगिता सम्पन्न गर्न १८ लाख ७० हजार खर्च भएको जनाउँदै कास्की टेनिसका सचिब भिष्मराज पौडेले सहयोगी संस्थाहरु प्रति आभार प्रकाट गरेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

