महाधिवेशनले एकताको सन्देश दिन्छ: अध्यक्ष ओली
काठमाडाैं | मंसिर २७, २०८२
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ।
नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा एमालेको महाधिवेशनको अभियान देश जोगाउने अभियान भएको बताउनु भयो। एमालेको यो महाधिवेशनमा भएको उपस्थितिलाई कसैले अन्डरमाइन्ड नगरोस् भन्दै उहाँले चेतावनी दिनु भयो।
ओलीले एमालेले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो। एमाले भएर देशको अभिभारा पूरा गर्ने उहाँले बताउनु भयो। ‘देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ, संसद् पुनर्स्थापना गरेर छाडिन्छ’, उहाँले भन्नु भयो।
११ औँ महाधिवेशनको सन्देश एक र एक मिलेर ११ बन्ने कुरालाई बिर्सन नहुने उहाँले बताउनु भयो। एक र एक मिलेर मात्र ११ बन्ने तर एक र एक छुट्टिँदा फगत एक मात्र हुने उहाँले बताउनु भयो।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

