निर्वाचनको तयारी: राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की
काठमाडाैं | पुस ७, २०८२
काठमाडौं: प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दैछन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे गृह मन्त्रालयमा हुने छलफलमा निर्वाचन तयारीको विषयमा निर्वाचन आयोगको प्रस्तुतिकरणसमेत रहेनछ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका प्रतिनिधिसँगै निर्वाचन आयोगका पदाधिकारी सहभागी हुनेछन् । निर्वाचनको विषयमा प्रमुख दलले आशंका व्यक्त गरेपछि सरकारले छलफलका लागि बोलाएको हो । छलफलमा आयोगका पदाधिकारीले निर्वाचनको तयारीको विषयमा जानकारी गराउने छन् ।
सरकारले फागुन २१ गतेका लागि तोकेको चुनावका विषयमा नेकपा एमालेले प्रश्न गर्दै आएको छ । पछिल्ला दिनमा जेनजीको केही समूहलेसमेत निर्वाचन हुन नदिने भन्दै आन्दोलनको घोषणा गरेपछि सरकारले प्रमुख दलसँग छलफल गर्न लागेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्वाचन कार्यतालिकाको विषयमा गम्भीर छलफल हुनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

