१८औं हिसान कास्की स्पोर्ट्स मिट: प्रतिभा माविलाई चौथो पटक उपाधि
पाेखरा | पुस ७, २०८२
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ ।
पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी १८औं संस्करणको उपाधि जितेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ्ग शिल्ड हात पारेको छ । योसँगै प्रतिभाले हिसान स्पोर्ट्स मिटको उपाधि लगातार चौथो पटक जित्दै न्यूग्यालेक्सीसँग उपाधि जित्नेमा बराबरी समेत गरेको छ ।
सम्पन्न १८औं हिसान स्पोर्ट्स मिटमा प्रतिभाले छात्रा भलिबल, ब्याडमिन्टन र छात्र बास्केटबलमा टिम च्याम्पियन हुँदै २१ अंक, छात्र भलिबल र टेबुल टेनिसमा टिम उपविजेता हुँदै १० अंक तथा छात्रा भलिबलमा तेस्रो स्थान हुदै ३ अंक प्राप्त गर्दा कुल ३४ अंकका साथ उपाधि विजेता बनेको हो ।
प्रतिभाले हिसान स्पोर्ट्स मिटमा हाल सम्मकै सर्वाधिक अंक हासिल गरी रेकर्ड समेत ब्रेक गरेको छ । गत संस्करणका प्रतिभाले समग्रमा ३१ अंक प्राप्त गरेको थियो ।
यसै गरी सोमबार सम्पन्न छात्र बास्केटबल फाइनलमा प्रतिभाले मनकामना माविलाई ७४–६७ ले पराजित गर्दै टिम च्याम्पियन हुदा न्यूग्यालेक्सीले कास्की मोर्डनाइज्डलाई तेस्रो स्थानको खेलमा ४६–३५ को स्कोरले पराजित गरेको छ ।
छात्र बास्केटबलमा मष्ट भेलुयलबल प्लेयर प्रतिभाका अलन शेरपुजा बने भने हाइऐष्ट स्कोरर मनकामनाका दर्शन पाइजा बनेका छन् । त्यस्तै छात्रातर्फ लिजा थापा (फिसटेल) मष्ट भेलुयबल प्लेयर तथा सोही विद्यालयकी आइको लक्ष्मी हाइऐष्ट स्कोरर घोषित भए ।
यता छात्र भलिबल फाइनलमा पोखरा युनाइटेडले फाइनलमा प्रतिभालाई २५–२३, २५–२० ले पराजित गरी टिम च्याम्पियन हुदा तेस्रो स्थान न्यू ग्यालेक्सीले प्राप्त गर्न सफल भयो ।
न्यूग्यालेक्सीले माउन्ट अन्नपूर्णलाई २५–२०, १५–२० र २५–१४ ले पराजित गरेको थियो । छात्र भलिबलतर्फ अजय सुनार (पोखरा युनाइटेड)का उत्कृष्ट खेलाडी तथा लबसन सुनार (प्रतिभा)का उत्कृष्ट स्पाइकर बने । त्यस्तै छात्रातर्फ उत्कृष्ट खेलाडी सुदिना गुरूङ (प्रतिभा) र उत्कृष्ट स्पाइकर सुष्मा विक (गुरूकुल) घोषित भए ।
१८औं हिसान स्पोर्ट्स मिट अन्तर्गतका फाइनल खेलसँगै पुरस्कार वितरण कार्यक्रम हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको थियो ।
समापन कार्यक्रममा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले बास्केटबल खेलको शुभारम्भ गर्दै शिक्षासँगै खेलकुदको अपरिहार्यतामा जोड दिएका थिए ।
बिजेता टिम तथा खेलाडीहरुलाई हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, केन्द्रिय उपाध्यक्ष बाबुराम पन्त र डा.स्वागत श्रेष्ठ, केन्द्रिय सदस्य सूर्य बहादुर जिशी, हिसान गण्डकीका अध्यक्ष डा.रामजी शर्मा, हिसान कास्कीका उपाध्यक्षद्वय ढाकाराक कंडेल र पुरन कुंवर लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
लगातार ५ दिन सम्म सञ्चालन भएको १८ औं संस्करणको हिसान स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्न्यवविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा भएका थिए ।
जस अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा भएका थिए भने विश्वविद्यालयतर्फ समेत ब्याडमिन्टन, टेबुल टेनिस र बास्केटबलका स्पर्धाहरु सञ्चालन भएका थिए ।
निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध ८० शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।
हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको सचिब किरण सापकोटाले जानकारी दिए ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

