त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी सहभागी हुँदै
काठमाडाैं | पुस १०, २०८२
तस्बिर फाइल
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज (बिहीबार) हुँदै छ ।
विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिने छ ।
समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने छन् ।
त्रिविका अनुसार दीक्षान्त समारोहका लागि विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ८९ हजार १९१ जना विद्यार्थी योग्य भएका छन् तर यस समारोहमा सहभागी हुनका लागि १६ हजार ३८० जना विद्यार्थीले मात्रै परीक्षा नियन्त्रण कार्यालयमा औपचारिक आवेदन दिएका छन् ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

