११ करोड वढिको कारोबार गर्दै सकियो लेखनाथ महोत्सव
पाेखरा | पुस १४, २०८२
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ ।
१२ दिनसम्म सञ्चालन भएको महोत्सव अन्तिम दिन सोमबार सम्म आईपुग्दा ११ करोड २० लाखको कारोबार गर्न सफल भएको र ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका प्रचार प्रसार संयोजक ध्रुववावु भटृराईले जानकारी दिए ।
सोमबार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउमा जम्मा गरि बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राखेका थिए ।
प्रमुख आचार्यले जेन्जी आन्दोलनका कारण व्यवसायीहरुमा पुगेको क्षती र मनोबल गिरेको अवस्थालाई ध्यानमा राख्दै आर्थीक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा हामी चिन्तनशिल हुनुपर्नेमा जोड दिएका थिए ।
पोखरा आसपासमा संचालन हुने महोत्सवलाई नजुधाउने गरि महानगरले सहजिकरण गर्दै आएको उल्लेख गर्दै साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनासतालमा वाटर स्र्पोर्टस सञ्चालन गर्ने योजना रहेको भएपनि ३ वर्षदेखी उक्त योजना अगाडी वढ्न नसकेको बताए । उनले उक्त योजना सञ्चालन गर्न ढिला भईसकेको वताउँदै यसलाई अगाडी वढाउनका लागी स्थानियहरुको साथ सहयोगको अपेक्षा व्यक्त गरे ।
प्रमुख आचार्यले पोखरा मुग्लीन सडक निर्माणको अन्तिम चरणमा रहेको वताउँदै यस पश्चात पोखरा–लेखनाथको दुरी घट्ने बताए । उनले लेखनाथको विकासमा महानगरको तर्फबाट कुनै विभेद नगरिएको बताउँदै बरु विकासका ठुला योजनाहरुलाई लेखनाथमा केन्द्रीत गरिएको ले अबका दिनमा लेखनाथवासीले आफुहरु मर्कामा परेको अनुभुति गर्न नपर्ने बताए ।
कार्यक्रमा रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने धारणा राखिन् साथै रुपा र पोखराको एकिकृत विकसका लागि योजना बनाउनु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ वडाअध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्था र उद्योग ब्यवसायि वसेर एकिकृत विकासका योजना वनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै भव्य र सभ्य दर्शकको साथ मिलेको, उत्पादक र उपभोक्तmा लाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको बताउदै प्राकृतिक सम्पदाको संरक्षणमा जुट्न सवैमा आग्रह गर्दै सम्पूर्ण लेखनाथभित्रका संघ संस्था, व्यवसायीहरु, विभिन्न जात जातिहरु, आमारमहिला समूहहरू र समग्रमा सम्पुर्ण लेखनाथवासिहरुको एकताका कारण महोत्सव सफलता भएको बताईन ।
नौ करोड बरावरको आर्थीक कारोवार दुई लाख ५० हजार दर्शक भित्राउने लक्ष्य रहेको भए पनि महोत्सवले सोचेभन्दा वढि सफलता हात पारेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघको पराजुलीको दावि छ ।
महोत्सव समापनका दिन किनमेल गर्न कै लागि दर्शकहरु आएको र अन्य दिनको तुलनामा स्टलमा राखिएका सामान केही सस्तो भएपछि किनमेल गर्ने दर्शकको संख्यामा वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको अनुमान गरिएको छ भने अन्य वर्षका महोत्सवले भन्दा यस वर्षको महोत्सवले सोचे भन्दा बढी सफल रहेको वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोलाको दावी रहेको छ ।
कार्यक्रममा विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई कार्यक्रममा सम्मान गरीएको थियो । महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने भएको छ ।
संघका अध्यक्ष जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले गरेका थिए ।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...
मुस्ताङ: यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

