आगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग
पाेखरा | साउन ३०, २०७९
मर्दीखोला सेवा समिति कास्की हङकङ समाजले कास्कीको आगालागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका ८ लुम्रेका लागलागी पीडित गोलमान गुरुङको परिवारलाई वडाअध्यक्ष रामबहादुर गुरुङको उपस्थितीमा समाजले २ लाख ५६ हजार ५ सय ६ रुपैयाँ सहयोग गरेका हुन् । मर्दीखोला सेवा समिति कास्की हङकङ समाज महिला समितिका सचिव बद्रीलक्ष्मी गुरुङ, अजिवन सदस्य दिलबहादुर गुरुङ र निशा पौडेलले उक्त रकम पिडित परिवारका सदस्य लक्ष्मी गुरुङलाई प्रदान गरेका हुन् ।
गत जेठ ५ गते कास्कीको माछापुच्छ्रे गाँउपालिका ८ लुम्रे निवासी गोलमान गुरुङको घरमा ग्याँसको सिलिण्डर पड्केर आगालागीबाट ठूलो क्षति भएको थियो । आगलागीबाट करिब २५/३० लाख बराबरको क्षती भएको वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘ग्यास लीग भएर सबै आगलागी भएपछि निभाउने धेरै प्रयास भयो तर सकिएन्,’ उनले भने, ‘लुगाफाटा, गरगहना सबै गर्दा करिब २५/३० लाख जतिको क्षती भयो होला ।’
विदेशी भूमिमा रहे पनि मानवीयतालाई भूगोलले नछेक्ने जनाउँदै नेपालीहरुलाई सहयोग जुटाउँदै आएको समजका महिला संघ सचिव बद्रीलक्ष्मी गुरुङले जनाइन् । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनको प्रतिवद्धता थियो । सहयोग हस्तान्तरण कार्यक्रममा निशा पौडेलले मानवीय सेवा नै धर्म भएकाले आफूहरुले समस्यामा रहेकाहरुको वास्तविक समस्या बुझेर सक्दो सहयोगमा जुट्ने बताईन् । हङकङमा रहेका मर्दीखोला सेवा समिति कास्की हङकङ समाजका पदाधिकारी, साधारण सदस्य तथा शुभचिन्तक र विदामा नेपाल आएकाहरुबाट उक्त रकम संकलन गरिएको गुरुङले जानकारी दिइन् । नेपालीको हरेक दुखमा साथ दिन आफूहरु तयार रहेको उनको भनाई थियो ।
वडाअध्यक्ष गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःख पीडालाई आत्मसात गरी सहयोग रकम जुटाएकोमा धन्यवाद व्यक्त गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे-८ का वडा सदस्य रामहरी गुरुङले कठिन अवस्थामा एक अर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राखे । सहयोग रकम बुझेपछि सहयोगी दाताहरुलाई धन्यवाद् दिंदै पीडित लक्ष्मी गुरुङ घर सहयोगको रकमले घर बनाउने बताईन् ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

