कास्कीको अन्नपूर्णका तीन जनाले लिए आमाको नामबाट नागरिकता
पाेखरा | पुस २१, २०८२
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–८ का निरुता नेपालीका दुई छोरा र एक छोरीले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार निरुताकी दुई छोरा सुजन नेपाली, दिनेश नेपाली र एक छोरी सुस्मिता नेपालीलाई नेपाली नागरिकता प्रदान गरेको हो ।
गत मंसिर १२ गते अन्नपूर्ण गाउँपालिकामा भएको स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतानामूलक अन्र्तक्रिया कार्यक्रममा निरुता नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष हालसम्म तीन सन्तानको जम्मदर्ता नपाएको कारण नेपाली नागरिकता प्रमाणपत्र लिनका लागि समस्या भएको विषय उठान गरेकी थिईन् ।
स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय कास्कीले जन्मदर्ता बनाउन सहजीकरण गरेपछि आइतबार उनीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
निरुता नेपालीको पूर्व घर बताउने विक्रम राईसँगक सम्बन्ध कायम भई तीन सन्तानको जन्म भएपछि विक्रमले उनीहरुलाई छोडेर वेपत्ता भएपछि बावुको पहिचान हुने कुनै कागजात र प्रमाण पेश हुन नसक्दा नागरिकता पाउनबाट वञ्चित भएका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

