साउने मेला समापन हुँदै
काठमाडाैं | साउन ३०, २०७९
साउन महिनाको अन्तिम सोमबार आज हिन्दू परम्पराअनुसार साउने मेला समापन हुँदैछ । आज पनि जिल्लाका जलेश्वरनाथ, टुटेश्वरनाथ, सिद्धनाथ र मङ्लनाथसहितका प्रसिद्ध शिवालयमा एकाबिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मधेसको प्राचीन मिथिला क्षेत्रमा साउन महिना भगवान् शिवको प्रिय महिनाको रुपमा लिइन्छ ।
साउनको सोमबार शिवका उपासकले व्रत बसी पूजा आराधना गर्दछन् । मैैथिल परम्परामा तीर्थ, व्रत र धार्मिक अनुष्ठान प्राय चन्द्रमासका आधारमा गर्ने चलन छ तर वैशाख सङ्क्रान्तिको जुडशीतल, साउने सङ्क्रान्ति, असोज सङ्क्रान्तिको विश्वकर्मा पूजा र माघ सङ्क्रान्तिका दिन मनाइने तिलासक्रायत पर्व सौरमासको आधारमा मनाइन्छन् ।
मास गणनाको आधारमा साउने मेला सौरमास र चन्द्रमास दुबैभित्र परेका सोमबार अति उत्तम मानिन्छन् । दुबै मासभित्र यसपाली साउनमा २,९, १६ र २३ गते गरी चार सोमबार परेका थिए । सौरमासको गणनाले आजको सोमबार साउनमै परेपनि चन्द्रमासको गणनाले तीन दिन पहिले नै भदौ लागिसकेको छ । यद्यपि साउने व्रत लिएका वर्तालुले आज पनि पूर्ववत् निष्ठाका साथ व्रत लिएका छन् ।
शिव अनुष्ठानका लागि विशेष दिन जुराउनु पर्ने भए पनि व्रत भने आज पनि लिन मिल्ने बर्दिबास–२ का पण्डित महेशकुमार झाले बताउनुभयो ।
साउने सोमबारका वर्तालुले आज शिवालयका शिवलिङगमा जल, पूmल, गाईको दूध र बेलपत्रसहित सामग्री चढाएर व्रत समपन्न गरेको पुकारा गर्छन् । यस व्रतका प्रभावले यस जन्ममा सुख, शान्ति, समृद्धि, कल्याण र मृत्युपछि कैलासबास पाइन विश्वास गरिन्छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

