एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

काठमाडाैं | पुस २२, २०८२

एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

काठमाडौंः:  नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। 


एमालेले प्रत्येक प्रदेशमा १/१ जना उम्मेद्वार रहनेगरी कांग्रेससँग सहकार्य गर्नेगरी छलफल गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। 


बैठकले कांग्रेससँग गठबन्धनको सिट टुङ्गो लगाउने र उम्मेद्वार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। 


कांग्रेससँगको छलफल टुङ्गोमा नपुगेकोले थप छलफल गर्नका लागि अध्यक्ष ओलीलाई जिम्मा दिइने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो। 


बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि पनि विभिन्न कमिटी बनाउने निर्णय गरेको उहाँले बताउनुभयो।  

पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबले जितेको छ ।   पोखरा रंगशालामा आज भएको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहारा क्लबले उपा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएका छन् ।   उक्त खेल यही शनिबार पोखरा रंगशालामा हुनेछ ।    आज भएको सेमिफा...

थप पढ्नुहोस्