एकल आमाको कथामा आधारित नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ बिहीबारदेखि मञ्चन हुँदै
पाेखरा | पुस २२, २०८२
पोखरा: पद्याप्रेम थिएटरले आफ्नो तेस्रो प्रस्तुती नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ बिहिबारदेखि मञ्चन गर्ने भएको छ ।
गैह्रापाटनस्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा यही पुस २४ देखि २७ गतेसम्म ‘मृत्यु यस्तो हुनु हुँदैन’ नाटक मञ्चन हुने पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
नाटकका लेखक सावित्रा पाठक (सबु) ले पोखरामा एउटी एकल आमाको घरको कथाको रुपमा यस नाटकलाई मञ्चन गर्न लागेको बताईन् ।
‘मृत्यु यस्तो हुनु हुँदैन’, यो नाटक पोखराको एउटी एकल आमाको घर कथाको रुपमा मञ्चन गर्दै छौं, आफ्नो छोराछोरीलाई सम्हाल्दा सम्हाल्दै पनि कसरी गलत बाटोमा लागेर समाजमा कस्तो घटना निम्त्याउन सक्छन् भन्ने विषयलाई केन्द्रित गरेका छौं । नाटकका लेखक तथा निर्देशक सबुले भनिन् ।

यस नाटकमा विशेष गरी युवा पुस्ता र उनीहरुका अभिभावकलाई केन्द्रित गरिएको निर्देशक पञ्चसुब्बा गुरुङले बताए । बिहिबारदेखि मञ्चन हुने नाटक हरेक दिन ५ बजे र शनिबार १ र ५ बजे मञ्चन हुने निर्देशक गुरुङले बताए ।
यस नाटकलाई पञ्च सुब्बा गुरुङ र सावित्रा पाठक (सबुु)ले निर्देशन गरेका छन् । नाटकमा शीतला अधिकारी, रोशनी रामदाम, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद), जय चापागाई, प्रतिमा गुरुङलगायतको अभिनय रहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

