‘बागलुङ मिडिया मेला’ चैतमा

बाग्लुङ | पुस २४, २०८२

‘बागलुङ मिडिया मेला’ चैतमा

बागलुङ:  नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । 


शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको आयोजना गर्न लागेको हो । दुई दिनसम्म चल्ने मेलामा पत्रकारिताका बदलिँदा आयाम, अवसर र चुनौतीबारे सत्रगत छलफल (प्यानल डिस्कसन), ‘कि नोट स्पिच’, बागलुङ जन्मथलो भएका पत्रकारहरुको पुनर्मिलन कार्यक्रम, तस्बिर प्रदर्शनी, सञ्चार सामग्री÷उपकरणको प्रदर्शनी, स्थानीय विकास र पर्यटनबारे बहस, ‘लाइभ पेन्टिङ’लगायतका कार्यक्रम गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिए । 


सोही अवसरमा रजत वर्षका अवसरमा शाखाले प्रकाशन गर्ने पत्रकारिता सम्बन्धी पुस्तकको विमोचन र रजत स्मारकको अनावरण गरिने उनले बताए । मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ, अग्रजदेखि जिल्लामा क्रियाशील पत्रकारहरु एकठाउँमा जमघट हुने सचिव रिजालले बताए । “वर्ष २०८२ लाई पत्रकार महासङ्घ, बागलुङले रजत वर्षका रुपमा मनाइरहेको छ”, उनले भने, “शाखा स्थापनाको इतिहासप्रति गौरव गर्दै यस वर्षलाई स्मरणीय बनाउने हाम्रो प्रयास रहने छ ।” 


मेलाका अवसरमा छोटो दुरीका पर्यटकीयस्थलको घुमफिरसहित बागलुङमा प्रचलित साँस्कृतिक झाँकी तथा नृत्यको प्रस्तुति रहने जनाइएको छ । शाखाले गत असार २५ गते दुई दिवसीय कार्यक्रमसहित रजत जयन्ती मनाएको थियो । सो अवसरमा पत्रकारहरुका लागि ध्यान शिविर, अन्तर शाखा आमन्त्रित फुटसल प्रतियोगिता, पूर्वअध्यक्ष सम्मान, पुरस्कार समर्पणसहित विविध रचनात्मक कृयाकलाप गरी रजत वर्षको शुभारम्भ गरिएको थियो । शाखाले २०८२ लाई तालिम वर्षसमेत घोषणा गरी पत्रकारहरुको सीप र दक्षता अभिवृद्धिमा जोड दिँदै आएको छ ।  


‘दिगो विकास र वातावरण’, ‘मोबाइल पत्रकारिता’लगायत विषयगत तालिम सम्पन्न भइसकेको शाखाका उपाध्यक्ष एवं तालिम संयोजक सिर्जना पन्तले जानकारी दिइन् । जिल्लाका विभिन्न स्थानीय तहहरुसँगको सहकार्यमा थप आधारभूत र विषयगत तालिम सञ्चालनको तयारीमा रहेको उनले बताइन् । शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले मिडिया मेलाको आर्थिक स्रोत व्यस्थापनदेखि व्यवस्थापकीय तयारीका कामलाई अगाडि बढाइएको बताए । 


शाखाका अध्यक्ष राम थापाले मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, सम्पादक, सञ्चार हेर्ने सरकारी निकायका प्रमुखरप्रतिनिधि, मिडिया सञ्चालक, व्यवस्थापक, पत्रकार महासङ्घका केन्द्र, प्रदेश, जिल्लास्तरका पदाधिकारी, सदस्यलगायत अन्य सरोकार भएका सङ्घसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहने बताए । स्थानीय जनप्रतिनिधि, पर्यटन क्षेत्रका विज्ञ तथा अगुवाहरु पनि बहसमा सहभागी हुने अध्यक्ष थापाले उल्लेख गरे । 


“विभिन्न सरकारी निकाय, निजी क्षेत्रलगायतसँग सहकार्य गरी बागलुङ मिडिया मेलालाई सफल बनाइनेछ, यो पत्रकारहरुसँग मात्र जोडिएको कार्यक्रम नभई समग्र जिल्लाको पहिचान र गौरवको पनि विषय हो”, उनले भने, “मेलामा स्थानीय विकास र पर्यटनका मुद्दामा पनि बहस तथा अन्तरक्रिया हुनेछ, जसले जिल्लाभित्र रहेका अवसर र सम्भावना पहिल्याउन मद्दत पुग्नेछ ।”

पोखरा:  नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ ।  यही २७ र २८ पुसका लागि म...

थप पढ्नुहोस्

बागलुङ:  नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ ।  शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...

थप पढ्नुहोस्

गण्डकी:  कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

थप पढ्नुहोस्