१४ औं पोखरा महोत्सवलाई संघ संस्थाको साथ
पाेखरा | पुस २५, २०८२
पोखरा: १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाले आ आफ्नो झाँकी तथा ¥याली सहभागी गराएर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।
उनीहरुले पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झाँकी तथा ¥यालीमा स्व स्फुर्त रुपमा सहभागी भई महोत्सवको सोभा बढाउने समेत निर्णय गरेका छन ।
महोत्सव आयोजक युनाईटेड क्लबले आयोजना गरेको संघ संस्था तथा झाँकी ¥याली अन्तरक्रिया कार्यक्रममा सहभागी उनीहरुले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले विशुद्ध सामाजिक काम गर्ने भएकाले आफुहरुले हरेक महोत्सवमा झांकी र्याली सहभागी गराइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने समेत बताए ।
सो अवसरमा बोल्दै युनाईटेड क्लबका पूर्व अध्यक्ष तथा १४ औं पोखरा महोत्सवका झाँकी र्याली ब्यवस्थापन उपसमिति संयोजक सुक बहादुर गुरुङले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन पोखराका संघ संस्थाहरुको महत्वपूर्ण भुमिका रहेको बताउदै १४ औं पोखरा महोत्सवमा समेत झाँकी र्यालीबाट साथ र सहयोग हुने विश्वास ब्यक्त गरे । पोखरा महोत्सवको आम्दानी सामाजिक कामका लागि भएकाले संघ संस्थाहरुले समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युनाईटेड क्लबले गरेको सामाजिक काममा सहभागीता रहेको समेत गुरुङले बताए ।
त्यस्तै संघ संस्था ब्यवस्थापन उपसमिति संयोजक सीमा गुरुङले पोखरा महोत्सवको उद्घाटन पूर्व आयोजना गरिने संघ संस्थाको झाँकी र्याली कार्यक्रमले पोखरा महोत्सवको सोभा बढाएको बताइन । गुरुङले अघिल्लो वर्ष ३ सय १५ संघ संस्थाले झाँकी र्यालीमा सहभागीता जनाएको वताउदै यस वर्षपनि त्यतिनै संख्यामा संघ संस्थाको सहभागीता रहने अपेक्षा रहेको बताइन ।
सो अवसरमा बोल्दै क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्ण पोखरेलीको साथ र सहयोगले नै पोखरा महोत्सव १४ औं संस्करण सम्म आइपुगेको बताए ।
क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका पदाधिकारी, सल्लाहकार, महोत्सवका विभिन्न उपसमिति संयोजक तथा सल्लाहकार र संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ । शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्प...
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

