सुदन गुरुङको घोषणा: गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने

काठमाडाैं | पुस २५, २०८२

सुदन गुरुङको घोषणा: गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने

काठमाडौं:    जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् । 


शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । 


‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु’, उनले सामाजिक सञ्जालमा भनेका छन् । 


गोरखा उनको गृह जिल्ला हो । ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवा’, उनले भनेका छन्,  ‘नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’ पछिल्लो समय रास्वपासँग झुकाव राखेका उनले पार्टी भने खुलाएका छैनन् । प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुँदैछ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्